बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्डले बोलाएको बैठकमा ओली अनुपस्थित, सदन खुल्ने सम्भावना न्यून

प्रचण्डले बोलाएको बैठकमा ओली अनुपस्थित, सदन खुल्ने सम्भावना न्यून

  • मिडिया डबली
  • आइतवार, भाद्र ३ २०८०

  • 1.9K
    SHARES

  • प्रचण्डले बोलाएको बैठकमा ओली अनुपस्थित, सदन खुल्ने सम्भावना न्यून

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध खुलाउने प्रयासस्वरुप राष्ट्रिय मान्यताप्राप्त दलसँग छलफल सुरु गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा नेपाली कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपालगायत दलका नेता सहभागी छन् ।

    सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेदेखि निरन्तर सदन अवरोध गरिरहेको छ ।

    प्रधानमन्त्री प्रचण्डले बोलाएको बैठक पनि निष्कर्षविहीन हुने सम्भावना धेरै रहेको बताइन्छ । बैठकमा एमाले अध्यक्ष केपी ओली अनुपस्थित छन् । ओलीले पार्टीका उपनेता सुवासचन्द्र नेम्वाङलाई पठाएका छन् ।

    ओली सहभागी नभएकाले पनि बैठक निष्कर्षमा पुग्नेमा आशंका जन्मिएको हो । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, माओवादीबाट अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत उपस्थित छन् ।

    सभामुख देवराज घिमिरेले आइतबार बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको बैठक विनानिष्कर्ष सकिएको थियो । बैठकमा सत्ता र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो अडान नछाड्दा बैठकमा कुरा नमिलेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए।

    ‘अहिले सत्तापक्ष र प्रतिपक्षको अडान उही छ। अझै प्रतिपक्षले हामी बलियोसँग उभिन्छौँ भन्ने अडान राखेको छ। अब यहाँ कुरा मिल्न सकेन। अब प्रधानमन्त्रीले डाक्नुभएको बैठकमा कुरा मिल्ला कि भन्ने अपेक्षा छ,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend