आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सुन तस्कर दावासँग आफ्नो छोरा स्वराजको नाम मुछिएपछि भड्किए ईश्वर पोखरेल

सुन तस्कर दावासँग आफ्नो छोरा स्वराजको नाम मुछिएपछि भड्किए ईश्वर पोखरेल

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १ २०८०

  • 13.0K
    SHARES

  • सुन तस्कर दावासँग आफ्नो छोरा स्वराजको नाम मुछिएपछि भड्किए ईश्वर पोखरेल

    काठमाडौं - एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो छोरा स्वराज पोखरेलको सुन तस्कर दावा छिरिङसँग व्यापारिक साझेदार भएको भन्दै आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

    उनले नियोजित रूपमा आफ्नो परिवारलाई जोडेर लेखेको समाचार झुटो भन्दै कानुनी कारबाहीमा जाने चेतावनी दिएका छन् । शुक्रबार नेपाल खबर अनलाइनमा सुन तस्कर दावासँग ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल र रामबहादुर थापा बादलका छोरा प्रतीक थापा व्यापारिक साझेदार रहेको समाचार आएको थियो ।

    यही समाचारले एमाले नेता पोखरेल भड्केका हुन् । उनले सो समाचारलाई सरकारी कारखानामा तयार भएको भन्दै आपत्ति पनि जनाएका छन् ।

    ‘माओवादी नेताको लगानी रहेको नेपाल खबर नामक अनलाइनले पत्रकारिता पेशाको सामान्य मर्यादा पनि नराखी नियोजित रूपमा मेरो परिवारलाई जोडेर लेखेको शतप्रतिशत झुटो समाचारको म घोर निन्दा, भर्त्सना र खण्डन गर्न चाहन्छु । माओवादीका उपमहासचिवको लगानी रहेको र कतिपय लगानीकर्ताको लगानी समेत ठगी गरेको भनेर यसअघि नै विवादित त्यस अनलाइनले सरकारी कारखानामा तयार पारिएको समाचार प्रकाशित गरेर मालिकको सेवा गरेको प्रष्टै छ । यो हाम्रो पार्टीलाई बदनाम गरी सुन तस्करी प्रकरणलाई अन्तै मोड्ने प्रपञ्च हो । म चुनौतीका साथ भन्न चाहन्छु ( मेरो परिवारको यस्ता कुनै कुरामा संलग्नता छैन । यस्ता कुराबाट भ्रमित नहुन म सबै शुभेच्छुक र पार्टी पंक्तिलाई आह्वान गर्दछु । यस सम्बन्धमा आज कानुनी कारबाही पनि अगाडि बढाउने सबैमा जानकारी गराउन चाहन्छु,’ पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

    एक क्विन्टल सुन (जुन गाल्दा करिब ६१ किलो भएको छ) का मुख्य तस्कर तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ भएको प्रहरीले दाबी गरेको छ ।

    दावाको माओवादी नेताहरू वर्षमान पुन, ओनसरी घर्ती, नन्दबहादुर पुनलगायतसँग निकै राम्रो सम्बन्ध रहेको पाइएको छ । उनले ठमेलमा होटल चलाउँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend