बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड र नारायकाजीको सुशासन महरामा गएर अवसान

प्रचण्ड र नारायकाजीको सुशासन महरामा गएर अवसान

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३० २०८०

  • 1.9K
    SHARES

  • प्रचण्ड र नारायकाजीको सुशासन महरामा गएर अवसान

    काठमाडौं - यतिबेला प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोगको माग गर्दै संसद् अवरोध जारी राखेको छ ।

    जसकारण मुलुकका जल्दाबल्दा समस्या संसदमा उठ्न सकेको छै । त्यसमाथि सुनकाण्डमा माओवादीकै उपाध्यक्ष कृष्णबहादुर महरासमेत मुछिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ बडो संकटमा परेका छन् ।

    उनीहरूले आफ्नो नेतृत्वको सरकारले सुशासन कायम गर्न खोजेको भाषण दिँदै आएका थिए । तर केही समयअघिदेखि दुवैको भाषणमा सुशासन शब्द गायब छ ।

    पार्टी र सरकार नै संकटमा परेपछि प्रचण्डले हतारहतार सोमबार सत्ता गठबन्धनको बैठक बालुवाटारमा राखे । यसअघि सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउन आदेश दिए पनि प्रचण्डले सहयात्री दलका नेतासँग छलफल गर्ने कुनै आवश्यकता देखेका थिएनन् ।

    त्यति मात्र होइन, नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई जेल हाल्दासमेत प्रचण्डले सत्ता गठबन्धनको बैठक राख्न चाहेनन् । खाँणलाई आरोप लगाएकै भरमा जेल हालिएको थियो ।

    तर अहिले जब एमालेले संसद् अवरोधलाई जारी राख्यो, जब आफ्नै पार्टीका नेता महरा सुनकाण्डमा मुछिए तब प्रचण्डलाई कांग्रेस, एकीकृत समाजवादी, जसपाको सहयोग परेको छ ।

    उनले सोमबार साँझ बालुवाटारमा राखेको गठबन्धनको बैठकमा नेताहरूले आ–आफ्नो असन्तुष्टि पोखेका थिए । प्रचण्डलाई सहज बनाइदिन सत्तारुढ गठबन्धनको बैठकले सुन तस्करी प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको भन्दै बेग्लै समिति बनाउन नपर्ने निष्कर्ष निकालेका छन् ।

    उच्चस्तरीय छानबिन आयोग वा समिति बनाउँदा आफ्ना पार्टीका उपाध्यक्ष महरा पनि तानिने भएकाले प्रचण्डले सत्ता गठबन्धनको सहारा लिएका हुन् ।

    महराले यसअघि चिनियाँ व्यापारीसँग पार्टी र सरकार चलाउन भन्दै ५० करोड बार्गेनिङ गरेको अडियो टेप सार्वजनिक भएको थियो । तर उनीमाथि कुनै छानबिन भएन । सभामुख रहेकै बेला संसदका एक महिला कर्मचारीमाथि महराले राशलीला मच्चाएका थिए ।

    उनी तीन महिना जेल पनि परे । तर पछि उनलाई शक्तिको दबाबमा उन्मुक्ति दिइयो । अहिले सुनकाण्डले भने माओवादी पार्टीकै हुर्मत लिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend