बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डले जनार्दनलाई दिए महत्वपूर्ण जिम्मेवारी, उपेक्षामा वर्षमान

प्रचण्डले जनार्दनलाई दिए महत्वपूर्ण जिम्मेवारी, उपेक्षामा वर्षमान

  • मिडिया डबली
  • आइतवार, श्रावण २१ २०८०

  • 3.1K
    SHARES

  • प्रचण्डले जनार्दनलाई दिए महत्वपूर्ण जिम्मेवारी, उपेक्षामा वर्षमान

    काठमाडौं -  माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेका छन् ।

    उनले आइतबार पार्टी पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन्। प्रतण्डले महत्वपूर्ण मानिएको बागमती प्रदेशको इन्चार्जमा उपमहासचिव जनार्दन शर्मा तोकेका छन्।

    महासचिवका दाबेदार शर्मा केही समयदेखि प्रचण्डसँग असन्तुष्ट रहँदै आएका थिए । शनिबार केन्द्रीय समिति बैठकमा पनि उनले प्रचण्डलाई आफूले के केमा असहयोग गरेको हो भनेर कडा प्रश्न सोधेका थिए ।

    तर, उनलाई नै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । अर्का उपमहासचिव वर्षमान पुन भने उपेक्षामा परेका छन् । केन्द्रीय समिति बैठकमा प्रचण्डविरुद्ध नरम बोलेका वर्षमान पुन सुन तस्करसँग जोडिएपछि उनलाई विशेष प्रदेशको जिम्मेवारी दिएको छ।

    विशेष प्रदेश भनेको भूमिकाविहीन पद हो । सचिव देवेन्द्र पौडेल मधेस प्रदेशका इन्चार्ज भएका छन्। सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनाल तोकिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend