बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी, आफूहरूलाई बदनाम गर्न खोजिएको वर्षमान र जनार्दनको आरोप

माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी, आफूहरूलाई बदनाम गर्न खोजिएको वर्षमान र जनार्दनको आरोप

  • मिडिया डबली
  • आइतवार, श्रावण २१ २०८०

  • 2.1K
    SHARES

  • माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी, आफूहरूलाई बदनाम गर्न खोजिएको वर्षमान र जनार्दनको आरोप

    काठमाडौं - माओवादी केन्द्रीय समिति बैठक जारी छ । केन्द्रीय सदस्य र पदाधिकारीले आफ्नो धारणा राख्ने क्रम जारी छ । बैठक सोमबारसम्म चल्ने बताइएको छ ।

    यसपटकको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कडा आलोचना भयो । मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा बादल, सीपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव माओवादीमा हुँदा प्रचण्डको यसरी नै आलोचना हुन्थ्यो । यो आलोचनाले पार्टीलाई झन् एकढिक्का बनाएको भनेर प्रचण्डले सामान्य रूपमा लिएका छन् ।

    तर केन्द्रीय समिति बैठकमा अब प्रचण्डपछि उनको उत्तराधिकारी को भन्ने बहस पनि सुरु भएको छ । प्रचण्डपछि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, देव गुरुङले आफूहरू उत्तराधिकारी भएको दाबी गर्दै आएका थिए ।

    तर बैठकमा वर्षमान र जनार्दनले आफूहरूमाथि निरन्तर प्रहार र लाञ्छना लगाएको भनेर आक्रोश व्यक्त गरेपछि बाहिरबाट तेस्रो नेता ल्याउन खोजिएको आशंका गरिएको छ ।

    उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्वलाई उत्तराधिकारी तोकेर अघि बढ्न सुझाव दिएका छन् । उनले वर्तमान नेतृत्वको विकल्प खोज्न नहुने उल्लेख गर्दै उत्तराधिकारी तयार पार्ने विधिमा भने जानैपर्ने सल्लाह दिए ।

    ‘अहिले समस्या विचारभन्दा विधिको हो । विधान सम्मेलनबाट यसलाई हल गरौँ । उत्तराधिकारी तयार पार्ने विधिमा जाऔं,’ उनले भने ।

    नेता पुनले कसैले पनि अध्यक्षको विकल्प अहिले खोज्न नहुने बताए । ‘अध्यक्षलाई सम्पूर्ण रूपले सहयोग गरेर जान म तयार छु । तर बिरामीका कारण आफू एक वर्षदेखि पार्टीको काममा फर्कन नसकेको र अहिले पूर्णलाभ प्राप्त गरिसकेको पार्टी केन्द्रीय समितिलाई जानकारी गराइसकेको छु,’ उनले भने ।

    उपमहासचिव जनार्दन शर्माले धारणा राख्ने क्रममा पार्टीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आफूले राखेको धारणालाई गलत ढंगले व्याख्या गरिएको बताए ।

    ‘मेरो उक्त धारणालाई अध्यक्षलाई असहयोग गरेको रुपमा प्रचार गरियो,’ उनले भने । जनार्दन शर्माले आफूले अध्यक्ष प्रचण्डलाई असहयोग नगरेको अभिब्यक्तिको खण्डन गरे । पार्टीको केन्द्रीय कमिटी बैठकमा शनिबार आफूलाई सहयोग नगरेको भनी अध्यक्षले गरेको गुनासोबारे उनले प्रस्टीकरण दिँदै उनले आफूविरुद्ध गलत प्रचार गरिएको बताए ।

    उनले पार्टी अध्यक्षले चाहँदा, परिस्थितिले माग गर्दा, वैचारिक राजनैतिक निर्णय लिँदा, गठबन्धन बनाउँदा, जतिखेर पनि खटनपटनमा आफु लागिरहेकोसमेत बताए ।

    आफू सधैँ अध्यक्षकै रहेको, तर दुईजनामध्ये महासचिव जसलाई बनाए पनि हामीलाई मान्य हुन्छ भनेर अनुरोध गर्दा पनि नयाँ प्रस्ताव अघि सारेकोमा शर्माले असन्तुष्टि समेत व्यक्त गरे । पुन र शर्मालाई बाइपास गरेर विप्लव भित्र्याउने प्रचण्डको रणनीति छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend