बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

माओवादी केन्द्रीय समिति बैठकमा ओम शर्माको धमाका, प्रचण्ड परिवारमा सन्नाटा

माओवादी केन्द्रीय समिति बैठकमा ओम शर्माको धमाका, प्रचण्ड परिवारमा सन्नाटा

  • मिडिया डबली
  • बिहिवार, श्रावण १८ २०८०

  • 4.0K
    SHARES

  • माओवादी केन्द्रीय समिति बैठकमा ओम शर्माको धमाका, प्रचण्ड परिवारमा सन्नाटा

    काठमाडौं - सत्तारुढ माओवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु भएको छ ।

    पहिलो दिन १८ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको बैठकमा पत्रकार ओम शर्माले राखेको धारणाले अहिले माओवादीमा हलचल मच्चिएको छ ।

    रातोपाटी अनलाइनका सञ्चालकसमेत रहेका शर्माले प्रचण्डको परिवारविरुद्ध आगो नै ओकले । उनले छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यकै कारण प्रधानमन्त्री प्रचण्डले गरेका राम्रो काम सबै ध्वस्त बनेको आरोप लगाए ।

    उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुँदा गरेको राम्रो कामलाई उनका छोरी र ज्वाइँले खाइदिए । ज्वाइँ जीवन शर्मालाई रोएको भरमा अध्यक्ष प्रचण्डले मन्त्री बनाए,’ शर्माले भने, ‘जनताका छोराछोरी संगठन बनाउन गाउँगाउँ जाने, तर दाहालका छोरीज्वाइँले भने संघर्षविनै लाभ लिए ।’

    माओवादीका उपमहासचिव जनार्दन शर्माका बहिनीज्वाइँ ओम शर्माले पार्टी अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरूको सम्पत्तिसमेत छानबिन गर्नुपर्ने माग गरे ।

    उनले आफूलाई माओवादीमा विशेष र विधान महाधिवेशन हुनेमा विश्वास नभएको बताए । कतिसम्म भने माओवादीको आयु पाँच हजार वर्ष तोके पनि यो पार्टीले समाजवाद नल्याउने उनले केन्द्रीय कमिटी बैठकमै घोषणा गरे । शर्माले बोलेको विषयले अहिले प्रचण्ड परिवारमा हलचल मच्चिएको छ ।

    हिजो प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकारसमेत बनेका शर्मा किन यसरी उनकै परिवारविरुद्ध खनिए भन्ने विषयले अहिले माओवादीमा चर्चा पाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend