बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

गणतन्त्रको नारा उठाउँदा पनि गगन एक्लै थिए, अहिले कांग्रेस सुधार्छु भन्दा पनि एक्लै

गणतन्त्रको नारा उठाउँदा पनि गगन एक्लै थिए, अहिले कांग्रेस सुधार्छु भन्दा पनि एक्लै

  • मिडिया डबली
  • सोमवार, श्रावण ८ २०८०

  • 15.3K
    SHARES

  • गणतन्त्रको नारा उठाउँदा पनि गगन एक्लै थिए, अहिले कांग्रेस सुधार्छु भन्दा पनि एक्लै

    काठमाडौं - साठ्ठीको दशकमा नेपाली कांग्रेसभित्र गणतन्त्रको नारा लगाउँदा गगन थापा एक्लै थिए ।

    .उनलाई तत्कालीन कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्य र नेविसंघका अध्यक्ष गुरुराज घिमिरेले साथ दिएका थिए । राजसंस्थाको विरुद्धमा बोल्दा तत्कालीन शासकले गगन, गुरुराज र प्रदीप पौडेललाई जेल पठाएका थिए । तर गगन रोकिएनन् ।

    गगनको अडानका अगाडि शासन झुके । त्यति मात्र होइन, गगनले राजसंस्था हटाउनुपर्ने र पार्टीले गणतन्त्रको धार अवलम्बन गर्नुपर्छ भन्दा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मानेका थिएनन् ।

    अहिले संस्थापन पक्ष् अर्थात् सभापति शेरबहादुर देउवा समूहमा रहेका एकजनाले पनि गणतन्त्रको नारा उठाउन सकेका थिएनन् । जबकि गगन कांग्रेस केन्द्रीय सदस्यसमेत थिएनन् ।

    अकस्मात् गिरिजाप्रसादले गणतन्त्रमा जाने कुरामा विश्वस्त भए । त्यसपछि कांग्रेसभित्र रातारात सबै गणतन्त्रवादी भए। सबैले नरहरि र गगनकै बाटो समाते । अहिले गगन थापा कांग्रेसको महामन्त्री छन् । पार्टीलाई रुपान्तरण गरौं भन्ने हुटहुटी लिएका छन् ।

    पुरातन सोच र शैलीले पार्टी चल्दैन भनेर उनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर कांग्रेसलाई अघि बढाउन खोजेका छन् । तर सभापति देउवाका ‘एस म्यान’ हरू अहिले गगन र विश्वप्रकाशको खेदो खनिरहेका छन् ।

    बहुमतको आडमा महामन्त्रीद्वयको हुर्मत लिइरहेका छन् । तर यसले गगन र विश्वप्रकाश रोकिनेवाला छैनन् । कुनै दिन गगन र विश्वप्रकाशको लाइन बहुमत हुनेछ र सब त्यही लाइनका हुनेछन्। कुनै समयमा देउवा गगन थिए र गिरिजाप्रसाद देउवा थिए ।

    अहिले देउवा गिरिजा बन्दै गर्दा गगनलाई देउवा बन्नु आवश्यक छैन भन्दै केन्द्रीय समिति बैठकमा नयाँदेखि कपाल फुलेका केन्द्रीय सदस्यसम्म महामन्त्रीद्वयको हुर्मत लिइरहेको देखिएको छ ।

    यसले कांग्रेस एकचोटि निर्वाचनमा नराम्ररी पछारिएपछि मात्र नेताहरूमा होस खुल्ने अवस्था देखिँदैछ । अहिले कांग्रेस केन्द्रीय सदस्यहरूलाई पार्टीको होइन, जेलमा रहेका बालकृष्ण खाँणको चिन्ता धेरै छ ।

    आफैं सरकारमा बस्ने अनि राज्यले खाँणलाई फसायो भन्ने सहमहामन्त्री भएको पार्टीले यो देशको विकास गर्छ भनेर कसैले सोच्न सकेको छैन । उनीहरू अहिले सभापति देउवाको चाकडीमा रमाइरहेका छन् ।

    असी वर्षीय देउवाको गुणगान गाउँदैमा ठिक्क छ । कांग्रेसका अधिकांश नेताहरूमा न विचार छ, न समस्याको समाधान, न आगामी बाटो । पार्टीको अस्तित्व नै सकाउने गरी केन्द्रीय सदस्यहरु चाकडीमा लागेको देखेपछि नयाँ पार्टीहरू दंग परेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend