काठमाडौं - प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन्।
प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् ।
सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो । त्यसपछि अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको हो ।
सीताको आज बुधवार बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो । सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरकारका मन्त्रीहरु पुगेका थिए ।
सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिएको हो । यसअघि जेठी छोरी ज्ञानु र छोरा प्रकाश दाहाल गुमाएका प्रधानमन्त्री दाहाललाई १० वर्षको बीचमा यो तेस्रो बज्रपात परेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।