बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
आजको बिशेष

प्रचण्डलाई शोकैशोक, छोरी ज्ञानु, छोरा प्रकाशपछि गुमाए पत्नी

प्रचण्डलाई शोकैशोक, छोरी ज्ञानु, छोरा प्रकाशपछि गुमाए पत्नी

  • मिडिया डबली
  • बुधवार, आषाढ २७ २०८०

  • 3.5K
    SHARES

  • प्रचण्डलाई शोकैशोक, छोरी ज्ञानु, छोरा प्रकाशपछि गुमाए पत्नी

    काठमाडौं - प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकपछि अर्को पारिवारिक वियोग खेप्दै आएका छन् ।

    करिब १० वर्षको अन्तरालमा उनले श्रीमती, छोरा र छोरी गरी तीनजनालाई गुमाएका छन् । प्रचण्डकी जेठी छोरी ज्ञानु केसीको क्यान्सर रोगका कारण निधन भएको थियो ।

    उनको लामो समय भारत र नेपालका अस्पतालमा उपचार भएको थियो । पेटको क्यान्सर रोग निको हुन नसकेपछि उनको निधन भएको हो । ज्ञानुको श्रीमान्, छोरीहरू प्रचण्डसँगै बस्दै आएका छन् ।

    यसअघि २०७४ मंसिर ५ गते प्रचण्डले आफ्नो एक मात्र छोरा प्रकाशलाई गुमाउनु परेको थियो । त्यसबेला प्रचण्ड चुनावी प्रचार प्रसारका क्रममा झापा पुगेका थिए ।

    प्रचण्ड बालुवाटारमै भाडाको घरमा बस्थे । छोराको निधनपछि प्रचण्ड परिवार ललितपुरको खुमलटार सरेको हो । प्रकाशको हर्ट अट्याका कारण निधन भएको थियो ।

    राति नै बेहोस भएका प्रकाशलाई नर्भिकले मृत घोषणा गरेको थियो । प्रचण्डकी पत्नी सीता दाहालको बुधबार बिहान निधन भयो । उनी लामो समयदेखि जटिल किसिमको पार्किसन्स र अल्जाइमर्सबाट पीडित थिइन् ।

    ६ वर्षअघि छोरा प्रकाश दाहालको निधन भएसँगै सीता विभिन्न रोगले थलिएकी थिइन् । उनको अमेरिका, सिंगापुर, भारतलगायतका देशमा उपचार गरिए पनि रोग निको हुन सकेन ।

    नेपालका समकालीन नेताहरूमध्ये लगातार पारिवारिक सदस्य गुमाउनेमा प्रचण्ड नै पर्छन् । लामो समय भूमिगत राजनीति गरेका प्रचण्ड २०६२/६३ देखि मात्र खुला राजनीतिमा आएका हुन् । खुला राजनीतिमा आएको १७ वर्षमै उनले श्रीमती, छोरा र छोरीको वियोग खेप्नुपरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend