काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागबाट पछि हट्दै संसद् खुलाउन सहमत भ्एको छ ।
आइतबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भएको छलफलपछि एमाले संसद्को अवरोध हटाउन खुलाउन तयार भएको हो ।
एमालेले प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको थियो । तर आज प्रचण्ड, ओली र देउवाबीचको भेटले सदनको अवरोध हटाउनेमा सहमति जुटेको हो । एमालेको बटमलाइन चार दिनमै तुहिएको छ ।
आइतबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले दिएको अभिव्यक्तिबारे स्पष्टीकरण दिने सहमति जुटेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने तय गरिएको बैठक सभामुख देवराज घिमिरेले ३ बजेलाई सारेका छन् ।
प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री प्रचण्डले आफूलाई भारतीय नागरिक सरदार प्रितम सिंह प्रधानमन्त्री बनाउन पटकपटक नयाँ दिल्ली पुगेको अभिव्यक्ति दिएको विरोधमा गत मंगलबारदेखि संसद्मा अवरोध गर्दै आएको छ ।
एमालेले लगातार संसद बैठक अवरुद्ध पार्दा दुवै सदन चल्न पाएका छैनन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।