बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

गठबन्धनको निर्णयले प्रचण्डलाई राहत, एमालेलाई आहात

गठबन्धनको निर्णयले प्रचण्डलाई राहत, एमालेलाई आहात

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 2.9K
    SHARES

  • गठबन्धनको निर्णयले प्रचण्डलाई राहत, एमालेलाई आहात

    काठमाडौं - सत्ता गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन नपर्ने निर्णय गरेको छ ।

    बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहभागी शीर्ष नेताहरूले प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निर्णय गरेको हो ।

    माओवादीका नेता हितराज पाण्डेका अनुसार बैठकले प्रधानमन्त्री प्रचण्डले आफ्ना कुरा सदनमा राख्नेसमेत निर्णय गरेको छ । गठबन्धनको यो निर्णयले प्रचण्डलाई राहत र एमालेलाई आहात भएको छ ।

    यसअघि बुधबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा बोलेको विषयलाई लिएर राजीनामा दिनुपर्ने भन्दै संसद् अवरुद्ध थियो ।

    सरदार प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक नयाँदिल्ली गएको प्रचण्डले बताएका थिए । जुन अभिव्यक्तिले नेपालको सार्वभौम संसदको अपमान भएको भन्दै एमाले, राप्रपाले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरेका हुन् ।

    एमालेले बिहीबारको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध बनाएको छ । प्रधानमन्त्रीको राजीनामा माग्दै एमाले सांसदले बैठक अवरुद्ध बनाएका हुन् ।

    शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले बोलेको विषयमा जवाफ दिने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend