आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले उपचार खर्चका लागि साढे दुई करोड लिएको नदेख्ने अखिलले राष्ट्रपतिको सहयोगमा एक रुपैयाँ उठाउने

ओलीले उपचार खर्चका लागि साढे दुई करोड लिएको नदेख्ने अखिलले राष्ट्रपतिको सहयोगमा एक रुपैयाँ उठाउने

  • मिडिया डबली
  • बुधवार, आषाढ २० २०८०

  • 2.5K
    SHARES

  • ओलीले उपचार खर्चका लागि साढे दुई करोड लिएको नदेख्ने अखिलले राष्ट्रपतिको सहयोगमा एक रुपैयाँ उठाउने

    काठमाडौं - राजनीति भनेको आफू अनुकूल घटना र परिस्थितिको व्याख्या गरेर सर्वसाधारण जनतालाई ढाँट्ने र छल्ने हुँदै गएको देखिएको छ ।

    नेपालको कानुन र ऐनविपरीत ठूला नेताले उपचार खर्च लिएर राज्यको ढुकुटी रित्याउँदै गएका छन् । अहिलेसम्म एमाले अध्यक्ष केपी ओली, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री सुशील कोइराला, एकीकृत समाजवादीका नेता झलनाथ खनालले उपचार खर्चका रूपमा धेरै पैसा सिध्याइसकेका छन् ।

    नेपालमा राज्यको ढुकुटीबाट धेरै उपचार खर्च लिनेमा एमाले अध्यक्ष केपी ओली पर्छन् । उनले पटकपटक गरेर साढे दुई करोड रुपैयाँ लिइसकेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

    आफ्नै पार्टीका अध्यक्ष ओलीले आफूखुसी उपचार खर्च लिएको नदेख्ने एमाले भ्रातृसंस्था अनेरास्ववियुले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको सहयोगका लागि भन्दै १ रुपैयाँ सहयोग अभियान सुरु गरेको छ ।

    राष्ट्रपति पौडेलले काठमाडौंबाट भारतको नयाँदिल्ली जान चार्टर्ड गरिएको एयर एम्बुलेन्सको ५५ लाख खर्च सरकारलाई उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयमार्फत ताकेता गरेको पत्र सार्वजनिक भएपछि व्यंग्य गर्दै अखिलले १ रुपैयाँ सहयोग अभियान घोषणा गरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिएका छन् ।

    ‘एकपटक भारतमा गराइएको उपचार खर्च आफैं व्यहोर्न चाहेको अभिव्यक्ति दिनुभएका सम्माननीय राष्ट्रपतिले अर्थ मन्त्रालयमा उपचार गर्दाको खर्च ५५ लाख भएको भन्दै बिल पेस गर्नुभएको छ । अनेरास्ववियुका सबै कमिटीहरुलाई रास्ट्रपतिको सहयोगको निम्ति रु. १ सहयोग अभियान देशभर सञ्चालन गर्न अनुरोध छ,’ बडालले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend