आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पटकपटक समानुपातिक सांसद बन्ने र हरुवा उम्मेदवारलाई लाग्ने भो झड्का

पटकपटक समानुपातिक सांसद बन्ने र हरुवा उम्मेदवारलाई लाग्ने भो झड्का

  • मिडिया डबली
  • सोमवार, आषाढ १८ २०८०

  • 2.8K
    SHARES

  • पटकपटक समानुपातिक सांसद बन्ने र हरुवा उम्मेदवारलाई लाग्ने भो झड्का

    काठमाडौं - निर्वाचन आयोगले तयार पारेको निर्वाचनसम्बन्धी विधेयकको मस्यौदालाई लिएर अहिले चर्चा र परिचर्चा हुन थालेको छ ।

    एउटै व्यक्ति पटकपटक सांसद र मन्त्री बन्दा संसदीय व्यवस्था नै गन्हाउन लागेपछि निर्वाचन आयोगले नयाँ कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

    आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ, जसमा संघीय संसद, प्रदेशसभा वा स्थानीय तह निर्वाचनमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपचुनाव बाहेक कुनै पनि तहमा त्यो कार्यकाल उम्मेदवार हुन नपाउने उल्लेख छ ।

    एउटा तहको निर्वाचनमा पराजित भएको व्यक्ति पाँच वर्षसम्म अर्को तहमा उम्मेदवार हुन नपाउने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

    नेपालमा एउटै व्यक्ति प्रत्यक्ष, समानुपातिक, प्रदेश, स्थानीय तहका प्रमुख, उपप्रमुखको उम्मेदवार बन्ने परिपाटी छ । आयोगले समानुपातिक सांसद दुईपटकभन्दा बढी हुन नपाउने कानुनी व्यवस्था गर्नुपर्ने निर्णय गरेको छ ।

    जसमा कुनै समानुपातिक निर्वाचन प्रणालीबाट दुई टक सांसद भइसकेको व्यक्ति फेरि समानुपातिकमै उम्मेदवार हुन नसक्ने उल्लेख छ । हाल यस्तो कुनै समयसीमा छैन ।

    आयोगले प्रत्यक्ष निर्वाचनतर्फ दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था गर्ने निर्णय गरेको छ ।

    राजनीतिक दलले पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने उल्लेख छ । अहिले त्यस्तो अनिवार्य व्यवस्था नहुँदा दलहरूलाई हाइसन्चो छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend