आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बैशाखमै निर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग

बैशाखमै निर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग

  • मिडिया डबली
  • शुक्रवार, पौष २४ २०७७

  • 7.5K
    SHARES

  • बैशाखमै निर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग

    काठमाडौं – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक निकायको सूचना प्रवाह गर्दा आधिकारिकता र विश्वसनीयता हुनुुपर्ने बताएका छन् ।

    निर्वाचनको वातावरण तयार पार्न र निर्वाचनका गतिविधिमा ऊर्जा थप्ने काम सञ्चारमाध्यमले गर्नुपर्नेमा उनले जोड दिए ।

    आगामी २०७८ बैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन तयारीबारे गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारी सहितको टोलीसँगको भेट तथा छलफलमा प्रमुुख आयुुक्त थपलियाले यस्तो विचार व्यक्त गरेका हुन् ।

    प्रमुख आयुक्त थपलियाका अनुसार आयोगले निर्वाचन प्रयोजनका लागि नीतिगत रूपमा तयारी गरेको छ, निर्वाचनको पूर्वाधार तयार गर्ने क्रममा आयोगले मतदाता नामावली अद्यावधिक गर्ने र मतदानस्थल तथा मतदान केन्द्रको पुनरावलोकन गर्न पनि प्रक्रिया सुरू गरेको छ । यी २ वटा प्रक्रिया पूरा भएपछि कहाँ कति मतदाता छन् र कुन–कुन ठाउँमा मतदानस्थल र केन्द्र रहने टुुंगो लाग्ने छ ।

    निर्वाचनका लागि आवश्यक पर्ने बजेट र जनशक्तिको व्यवस्थापन, स्थानीय तह तथा प्रदेश सरकारबाट प्राप्त गर्नुुपर्ने स्रोतसाधनलाई परिचालन गर्न आयोगले नेपाल सरकारसँग कुराकानी गर्ने तयारीमा रहेको जानकारी पनि प्रमुुख आयुुक्तले दिए ।

    प्रमुख निर्वाचन आयुुक्त थपलियाले भने, ‘निर्वाचन एक किसिमको खेल हो । राजनीतिक दलहरू यसका खेलाडी हुन् । अन्य सरोकारवालाहरू पनि यसमा सहभागी हुन्छन् तर निर्वाचन आयोग मात्रै रेफ्री हो । रेफ्रीलाई राम्रा खेलाडीहरूबीच हुने खेल नै मन पर्छ । खेललाई तीव्र प्रतिस्पर्धी बनाउन ऊर्जा थप्ने काम सञ्चारमाध्यमले गर्छ ।’

    निर्वाचनमा राजनीतिक दल, उम्मेदवार, नागरिक समाजले निर्वाचनको तयारी बढाउन थालेपछि मतदातालाई पनि कहिले मतदान गर्ने भन्ने भोक जगाउने कार्य चाहिँ सञ्चारमाध्यमले नै गर्छन् भन्दै उनले थपे, ‘आयोगको उद्देश्य भनेको नै बढीभन्दा बढी मतदाताले मतदान गरुन् र सबैभन्दा गतिलो, सक्षम र योग्य उम्मेदवारलाई विजयी भएर आइदिनुु पर्‍यो भन्ने नै हो । सञ्चारमाध्यमले निर्वाचनमा शान्ति सुरक्षाको विश्लेषण गर्नेदेखि निर्वाचन आचारसंहिता पालना भयो भएन भनेर निगरानी पनि राख्ने गर्छन्, यसले आयोगलाई सहयोग पनि पुग्ने गर्छ । आयोगसँगको विगतमा निर्वाचन गराएको राम्रो अनुुभव छ, सञ्चारजगत्बाट पनि धेरै ठूलो सहयोग प्राप्त हुुँदै आएको छ र यस निर्वाचनमा पनि पूरा सहयोग पाउनेछ ।’ आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ ५ २०७७०६:००:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend