बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

प्रचण्डको कांग्रेसलाई सन्देश– म लेफ्ट–राइट गरिरहन्छु, तपाईहरू मलाई सहयोग गरिरहनुस्

प्रचण्डको कांग्रेसलाई सन्देश– म लेफ्ट–राइट गरिरहन्छु, तपाईहरू मलाई सहयोग गरिरहनुस्

  • मिडिया डबली
  • सोमवार, आषाढ १८ २०८०

  • 4.0K
    SHARES

  • प्रचण्डको कांग्रेसलाई सन्देश– म लेफ्ट–राइट गरिरहन्छु, तपाईहरू मलाई सहयोग गरिरहनुस्

    काठमाडौं -  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लेफ्ट–राइट गरिरहने तर नेपाली कांग्रेसले बचाइराख्ने विश्वास व्यक्त गरेका छन् ।

    उनले वामपन्थीहरुको मोर्चाबन्दीले कांग्रेससँगको सम्बन्धलाई असर नपार्ने भन्दै आफूले गल्ती गरे पनि कांग्रेसले बचाउने उनको भनाइ छ ।

    नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दीको अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा प्रचण्डले कांग्रेससँगको सम्बन्ध नटुट्ने उल्लेख गरेका हुन् ।

    ‘कहिलेकाहीँ नेपाली कांग्रेसका साथीहरुमा लेफ्टहरु एक हुनुपर्छ भनेर प्रचण्डले फेरि के भन्या जस्तो पर्छ, त्यो थाहा पाउँछु मैले । मैले लेफ्टहरुको युनिटीको कुरा गर्दा नेपाली कांग्रेससँग डिसयुनिटी कहिले पनि हुनेछैन,’ उनले भने, ‘मैले योपटक गठबन्धन बनाउँदै गर्दा नेताहरुले तपाईंले लेफ्ट युनिटी गरेर अथवा केपीजीसँग मिलेर के पाउनु भयो भनेर सोध्नु हुन्थ्यो । मैले धेरैचोटि भनेको छु, अरु केही नभए पनि ज्ञान पाएर आएको छु, त्यो ज्ञान हामी सबैलाई काम लाग्छ । अहिले सबैलाई काम लागिरहेको छ नि मैले आर्जन गरेको ज्ञान ।’

    यदि कांग्रेससँग सम्बन्ध बिग्रिनेवित्तिकै कम्युनिस्ट पार्टीसँग मिलेर सरकारमा टिकिरहन सकिन्छ कि भन्ने उनको भित्री चाहना रहेको उनको अभिव्यक्तिले पनि पुष्टि गर्छ ।

    विगतमा पनि कांग्रेससँग सरकारमा रहेकै बेला चुनावमा माओवादी एमालेबीच सहकार्य भएको थियो । पछि पार्टी नै एकता भएको थियो । त्यसबेलै प्रचण्डले कांग्रेसलाई ठूलो धोका दिएका थिए । अहिले फेरि उनले पहिलेकै इतिहास दोहोर्याउने संकेत गरेका छन् ।

    ‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन,’ उनले भने, ‘विगतमा कांग्रेस र कम्युनिस्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको हो । कम्युनिस्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन पर्ने छैन ।’

    विगतमा गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए । आफूले पटक–पटक गल्ती गर्दा पनि कोइरालाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend