बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड सरकारप्रति सत्तारुढ दलकै शीर्ष नेता किन फायर ?

प्रचण्ड सरकारप्रति सत्तारुढ दलकै शीर्ष नेता किन फायर ?

  • मिडिया डबली
  • आइतवार, आषाढ १७ २०८०

  • 2.2K
    SHARES

  • प्रचण्ड सरकारप्रति सत्तारुढ दलकै शीर्ष नेता किन फायर ?

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि आफ्नो सरकारको कामले डिस्टिङ्सन पाउनुपर्ने दाबी गरे ।

    प्रतिनिधिसभा बैठकमै सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो सरकारले गरेका कामबारे फूलबुट्टा भने । सरकारको बखान गरे ।

    तर सरकारको कामकारबाहीप्रति नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपाका नेताहरू नै सन्तुष्ट छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवा त अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको बजेटमा प्रचण्डले असन्तुष्टि जनाएको भन्दै आक्रोशित बनेको बुझिएको छ ।

    प्रचण्डले बजेट संशोधन गर्नसकिने अभिव्यक्ति दिनुले उनी आफ्नो पार्टीका अर्थमन्त्री महतलाई विवादमा तान्न खोजेको र काम गर्न नसकेको देखाउन खोजिरहेको विश्लेषण देउवाको छ ।

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त सरकारले राम्रो काम नगरे समीकरण नै फेर्नुपर्ने अवस्था आउन सक्ने बताइसकेका छन् ।

    सरकार साना साना कुरामा अल्झेको, कुनै मन्त्रीले पनि राम्रो परफरर्मेन्स देखाउन नसकेको उनको मूल्यांकन छ । सरकारलाई समर्थन गरिरहेको सिके राउतको जनमत पार्टीले पनि अहिले असन्तुष्टिका स्वर निकालिरहेको छ ।

    सोही कारण उसले बजेटको विपक्षमा मतदान गरेको थियो । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वयं प्रचण्ड सरकारको कामप्रति असन्तुष्ट रहनुले यो सरकारको भविष्य धेरै लामो नरहेको संकेत गरिरहेको छ ।

    अहिले सरकारप्रति सबैभन्दा बढी असन्तुष्ट हुनेमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पर्छन् । केपी ओलीको सरकारलाई ढाल्न प्रचण्डसँग दह्रो गठबन्धन गरेका माधव वर्तमान सरकारकै काम कारबाहीप्रति असन्तुष्ट देखिनुलाई सामान्य मानिएको छैन । उनले वर्तमान सरकारले विकास निर्माणको कामलाई गति दिन नसकेको बताउँदै जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको टिप्पणी गरिरहेका छन् ।

    ‘अहिले जनताले अपेक्षा गरे बमोजिम विकासले गति लिन सकेको छैन । शासन, प्रशासन चलेको छैन । भ्रष्टाचार अहिले पनि व्याप्त छ । ती सबै भ्रष्टाचारलाई उन्मूलन गर्नुपर्ने, सुशासनको प्रत्याभूति दिनुपर्ने र जनतालाई सहज सेवा उपलब्ध गराउनुपर्ने हुन्छ,’ ६५ औं संसद दिवसको अवसरमा शनिबार नेपालले भने ।

    जनतालाई सुशासनको प्रत्याभूति गराउन प्रशासन लगायतका स्थानमा जनप्रतिनिधिले नै निगरानी बढाउनुपर्ने नेपालले भने । तरमाओवादीका मन्त्री र सांसदहरू प्रचण्ड सरकारले धेरै राम्रा राम्रा काम गरिरहेको भनेर फेहरिस्त निकालिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण ठगी मुद्दामा मात्र सीमित हुने देखिएको छ ।

    अहिले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा पार्नेमा धेरैजसो नापी र मालपोतका कर्मचारी र जग्गा किन्ने व्यक्ति पर्ने देखिएको छ ।

    जग्गा फिर्ताको घोषणा गर्ने न्यायाधीश कुमार रेग्मी र एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन पौडेलमाथि छानबिन हुन सकेको छैन ।

    त्यसबेला नीतिगत निर्णय गर्ने कोही पनि छानबिनको दायरामा आउने देखिएको छैन । त्यसैले पनि सत्तारुढ दलका नेताहरूले प्रचण्डको कार्यशैलीप्रति फायर खोलेका हुन् ।

    खासगरी प्रचण्डले सरकारको सम्पूर्ण शक्ति माओवादी पार्टीको साख जोगाउन मात्र लागेको देखेपछि समीकरण फेर्नुपर्ने आवाज उठेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend