बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डको सरकार ढाल्न नसकेको एमाले कोसीमा आफ्नो सरकार बचाउन हारगुहार गर्दै

प्रचण्डको सरकार ढाल्न नसकेको एमाले कोसीमा आफ्नो सरकार बचाउन हारगुहार गर्दै

  • मिडिया डबली
  • बिहिवार, आषाढ १४ २०८०

  • 2.8K
    SHARES

  • प्रचण्डको सरकार ढाल्न नसकेको एमाले कोसीमा आफ्नो सरकार बचाउन हारगुहार गर्दै

    काठमाडौं - बजेट फेल गराएर प्रचण्ड नेतृत्वको सरकार ढाल्न नसकेको प्रमुख प्रतिपक्षी दल एमाले आज कोसी प्रदेश सरकार टिकाउन हारगुहारमा लागेको छ ।

    कोसीमा सरकार टिकाउन एमालेलाई एक मत आवश्यक पर्छ । जुन उसले उपेन्द्र यादव नेतृत्वको जसपाबाट पाउने आशा राखेको छ ।

    कोसी प्रदेशसभाको तेस्रो अधिवेशन आजदेखि सुरु हुँदै छ । दिउँसो १ बजेका लागि डाकिएको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

    संसद्को पहिलो बैठकमा सरकारले ल्याएको बजेटसम्बन्धी अध्यादेश पेस गर्नुपर्ने संवैधानिक बाध्यता छ । गत पुस २५ गते माओवादी, जसपा, राप्रपासहितको समर्थनमा एमाले नेता कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो ।

    सरकारबाट १३ सांसद रहेको माओवादी र एक सांसद रहेको जसपा फिर्ता हुँदै मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

    जसकारण कार्की नेतृत्वको सरकार अल्पमतमा छ । मुख्यमन्त्री कार्कीलाई एमालेको ४० र राप्रपाको ६ सांसद गरी ४६ सांसदको मात्रै समर्थन छ ।

    सरकार निर्माणका लागि बहुमत पुर्‍याउने ४७ सांसद आवश्यक हुन्छ । कार्की नेतृत्वको सरकार अल्पमत परेसँगै कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले गठबन्धन गरेर अर्को सरकार गठनका लागि तीव्र पहल गरिरहेका छन् ।

    तर विपक्षी मोर्चामा पनि सांसद पुग्दैनन् । सभामुखसहित विपक्षी गठबन्धनसँग ४७ मत छ । सभामुखले बराबरी मत भएमा मात्र हाल्न पाउँछन् ।

    स्रोतका अनुसार सत्तापक्ष र विपक्षमा ४६–४६ मत पर्ने अवस्था आएमा सभामुख बाबुराम गौतमले मत हालेर नयाँ सरकार बनाउन सहयोग गर्ने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend