काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आगामी सेप्टेम्बरमा चीन जाने तयारीमा लागेका छन् ।
त्यसका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य सुरु गरिसकेको छ । भारतबाट फर्केलगत्तै प्रचण्डले चीन जाने तयारी अघि बढाएका हुन् ।
त्यसकै लागि माओवादी नेताहरूको लर्को चीनतिर लाग्न थालिसकेको छ । पूर्वसभामुख अग्नि सापकोटा चीन गएर फर्किसकेका छन् ।
अब उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाँदैछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड चीन जाने भएका छन् । तर चीन जानुअघि नै प्रचण्ड आगामी अगस्ट महिनाको पहिलो साता इटाली जाने तयारीमा जुटेका छन् । उनी अगस्टको प्रारम्भमा इटालीको राजधानी रोम जान लागेको बुझिएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको कार्यक्रममा सहभागी हुन रोम जाने तयारी गरिएको हो । नेपाल सन् १९५१ देखि राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) मा आवद्ध भएको थियो ।
नेपाल सरकारले अत्यावश्यकबाहेक अन्य कामका लागि प्रधानमन्त्री र मन्त्री विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो । तर अहिले सेमिनार र सम्मेलनका नाममा मन्त्री, प्रधानमन्त्री विदेश जाने मनस्थितिमा देखिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।