बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेसलाई साइजमा राख्न प्रचण्ड, माधव, उपेन्द्र र विप्लव एक ठाउँमा, के होला सरकार ?

कांग्रेसलाई साइजमा राख्न प्रचण्ड, माधव, उपेन्द्र र विप्लव एक ठाउँमा, के होला सरकार ?

  • मिडिया डबली
  • आइतवार, आषाढ ३ २०८०

  • 3.5K
    SHARES

  • कांग्रेसलाई साइजमा राख्न प्रचण्ड, माधव, उपेन्द्र र विप्लव एक ठाउँमा, के होला सरकार ?

    काठमाडौं - माओवादी, एकीकृत समाजवादी, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन हुने भएको छ ।

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवटारमा बसेको चारदलीय बैठकले सोमबार मोर्चाको औपचारिक घोषणा गर्ने सहमति गरेको हो ।

    बालुवाटार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र महतो र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव उपस्थित थिए । सोमबार राष्ट्रिय सभा गृहमा समाजवादी मोर्चाको घोषणा हुने भएको छ । नेताहरूबीच भएको सहमतिअनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।

    तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ । मोर्चा गठनको उद्देश्य नेपाली कांग्रेस र एमालेलाई तर्साउन रहेको केपी ओलीले शनिबार नै बताइसकेका छन् ।

    आफ्नो पार्टीलाई २०८४ को निर्वाचनसम्म सत्ता बाहिर राख्ने प्रपञ्चअनुसार यो खेल खेलिएको उनको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई दबाबमा राख्न मोर्चा बनाएको सबैको अनुमान छ ।

    यदि अहिले कांग्रेसले समर्थन फिर्ता लिनेवित्तिकै प्रचण्डको सरकार सिधै ढल्छ । मोर्चा गठनलाई कांग्रेसले उचित मानेको छैन । यो विषयले चाँडै सत्तारुढ दलमा खटपट आउने भएको छ । अहिले नै आठदलीय गठबन्धन छ ।

    तर गठबन्धन हुँदाहुँदै अर्को मोर्चा बनाउन खोज्नु भनेको प्रचण्डको राजनीतिक बेइमानी भएको कांग्रेस नेताहरू बताउँछन् । त्यसैले अब कांग्रेसलाई सरकारबाट बाहिर आउन दबाब बढ्ने निश्चित छ ।

    • मोर्चामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई भने सहभागी गराइएको छैन। जबकि मोर्चाका सूत्राधार बाबुराम नै हुन् । समाजवादी मोर्चा बने २७५ सदस्यीय प्रतिनिधिसभामा ५४ सिटसहित तेस्रो निर्णायक शक्ति निर्माण हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend