बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

जहाँ जहाँ कांग्रेसका अर्थमन्त्री त्यहाँ त्यहाँ माओवादीको अंकुश

जहाँ जहाँ कांग्रेसका अर्थमन्त्री त्यहाँ त्यहाँ माओवादीको अंकुश

  • मिडिया डबली
  • आइतवार, आषाढ ३ २०८०

  • 2.8K
    SHARES

  • जहाँ जहाँ कांग्रेसका अर्थमन्त्री त्यहाँ त्यहाँ माओवादीको अंकुश

    काठमाडौं - संघीय सरकारको बजेट होस् वा प्रदेशको माओवादीले आफूमाथि पर्ने गरी हस्तक्षेप गरेको छ ।

    अर्थमन्त्री डा.प्रकाशशरण महतले बजेट बनाउने बेला सोच्नै नसक्ने गरी दबाब र हस्तक्षेप खेपेका थिए । महतले बजेट लेख्ने बेला नै करको दर हेरफेर गर्दा चासो व्यक्त गरेका थिए ।

    जसमा अर्थमन्त्री महतले असन्तुष्टि जनाएका थिए । कर्णाली प्रदेशको बजेट बनाउने बेला अर्थमन्त्री वेदबहादुर सिंहले समेत त्यस्तै दबाब र हस्तक्षेप खेपेका थिए । जसकारण मन्त्रिपरिषद् बैठकबाट पारित नै नभई बजेट ल्याइएको थियो । 

    प्रदेशसभामा कांग्रेस सांसदहरूले मुख्यमन्त्री राजकुमार शर्माको विरोध गर्दै आएका छन् । शर्मा माओवादी नेता हुन् ।

    बागमती प्रदेशमा पनि बजेटमा अनावश्यक हस्तक्षेप र चासो राखेको भन्दै कांग्रेस सांसदहरूले हेटौंडामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित माओवादी मन्त्रीहरूलाई हेटौंडामा स्वागत नगर्ने, उनीहरू सहभागी कार्यक्रममा विरोध जनाउने निर्णय गरेका छन् ।

    बागमती प्रदेशको बजेटमा पनि माओवादी नै हाबी देखिएपछि अहिले सरकारको नेतृत्व गर्ने माओवादीप्रति कांग्रेस असन्तुष्ट बनेको हो

    । जहाँजहाँ कांग्रेसका अर्थमन्त्री छन्, त्यहाँ त्यहाँ माओवादीका नेताहरूले सरकारको नेतृत्व गरेका छन् । केन्द्र, बागमती र कर्णाली प्रदेशमा माओवादी नेतृत्वमा सरकार छ । कांग्रेसका अर्थमन्त्रीलाई विवादमा पार्ने र बदनाम गराउने खेलमा प्रचण्ड लागेका छन् । बजेटमा संशोधन हुने बताएर उनले आफ्नो उद्देश्य सार्वजनिक गरिसकेका छन् ।

    शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद श्याम घिमिरे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोशित देखिए । बजेटमाथिको मन्त्रालयगत छलफलमा सहभागी हुँदै उनले प्रचण्डलाई कांग्रेसलाई देखाएर प्रधानमन्त्रीको कुर्सीमा टिकिरहन सक्छु भन्ने नसोच्न चेतावनी दिए ।

    सत्तारुढ दलकै सांसद घिमिरेले प्रचण्डमाथि आक्रोश व्यक्त गर्नुको कारण उनको पछिल्लो कार्यशैली र कांग्रेसलाई घराबन्दीमा पारिएको विषय भएको देखिन्छ । कांग्रेसकै बुई चढ्ने अनि कांग्रेसलाई नै खुइल्याउने नीति प्रचण्डले अख्तियार गरेको उनको भनाइ थियो ।
    प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेपाली कांग्रेसलाई तर्साउने गतिविधिमा लागेको बताएका छन् । ओलीले समेत यो विश्लेषण गर्नुले राजनीतिक घटनाक्रम सहज बाटोबाट अघि बढिरहेको छ भन्ने देखाउँदैन । सरकारका हरेक गतिविधि अहिले कांग्रेसलाई कमजोर बनाउन लागेको देखिएको विपक्षी दलकै नेताले निष्कर्ष निकालेका छन् । ओलीले शनिबार आयोजित एक कार्यक्रममा प्रचण्ड र माधव नेपालले बनाउन लागेको समाजवादी मोर्चा एमालेसँग मुकाबिला गर्न र कांग्रेसलाई तर्साउन मात्रै भएको टिप्पणी गरे । ‘गठबन्धनले नपुगेर समाजवादी मोर्चा बनाउने रे । त्यसका दुइटा उद्देश्य छन् रे– एउटा एमालेसँग मुकाबिला गर्ने, अर्को कांग्रेसलाई तर्साउने । किन बनाउने समाजवादी मोर्चा ? तिनै चिनेका मान्छे हुन्, सँगै हिँडिरहेका छन् । मोर्चा भने पनि नभने पनि लिभिङ टुगेदर त चलेकै छ त । अनि मोर्चा केका लागि ? मोर्चासोर्चा के बनाउँछन् त्यसमा खास वास्ता गर्नुपर्ने छैन,’ उनको भनाइ थियो । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend