काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुँदै नभएको पद सिर्जना गरेर शंकरदास बैरागीलाई नियुक्ति गरेका छन् ।
नेपालमा सुरक्षा सल्लाहकार भने कुनै पद नै छैन । तर बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गर्न प्रचण्डले बैरागीलाई मुख्यसचिवबाट राजीनामा दिएर सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।
वैरागी विज्ञ पनि होइनन् । व्यवस्थापन गर्न कानुनमै नभएको पद सिर्जना गरेर वैरागीलाई नियुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेको थियो । बैरागीलाई प्रधानमन्त्री प्रचण्डले बिहीबार नै शपथ ग्रहण गराएका छन् ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो । आज बिहान मात्रै वैरागीले मुख्यसचिवको पदबाट राजीनामा दिएका थिए ।
वैरागीको राजीनामा स्वीकृत गरेपछि अर्याललाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय भएको हो । अर्याललाई मुख्यसचिव बनाउनकै लागि आज मन्त्रिपरिषद बैठक डाकिएको थियो ।
अर्यालको सचिवको कार्यकाल असार ३ गतेसम्म मात्रै थियो । त्यसअघि नै हतारहतारमा सरकारले अर्याललाई मुख्यसचिव नियुक्त गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।