शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
आजको बिशेष

प्रचण्डले पशुपतिनाथमा दर्शन गरेपछि हिन्दु राष्ट्र बन्ने हल्ला, राजावादी खुस

प्रचण्डले पशुपतिनाथमा दर्शन गरेपछि हिन्दु राष्ट्र बन्ने हल्ला, राजावादी खुस

  • मिडिया डबली
  • आइतवार, जेठ २८ २०८०

  • 2.2K
    SHARES

  • प्रचण्डले पशुपतिनाथमा दर्शन गरेपछि हिन्दु राष्ट्र बन्ने हल्ला, राजावादी खुस

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथ मन्दिरको पूजाअर्चना गरेका छन् ।

    केपी ओलीपछि प्रधानमन्त्री रहेकै बेला पूजाअर्चना गर्ने प्रचण्ड दोस्रो नेता हुन् । तीन वर्षअघि पशुपतिनाथमा सुनको जलहरी राख्ने बेला ओलीले दर्शन गरेका थिए । प्रचण्ड दौरासुरुवाल लगाएर मन्दिरमा गएका थिए ।

    प्रचण्डसँगै अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजालले पनि पशुपतिनाथको दर्शन गरेका छन् ।

    भारतको उज्जैनमा रहेको महाकालेश्वर ज्योतिर्लिंगको पूजाअर्चना गरेपछि अनिवार्य रूपमा पशुपतिनाथको दर्शन गर्नैपर्ने धार्मिक मान्यता छ । सोही कारण प्रचण्डसहित अन्य मन्त्रीहरूले पशुपतिनाथको मन्दिर दर्शन गरेका हुन् ।

    प्रचण्डले मन्त्रीहरूको लावालस्करसहित पशुपतिनाथको पूजाअर्चना गरेपछि बाबुराम भट्टराई निकै रिसाएका छन् । उनले यसलाई राजनीतिक सन्देश दिन खोजिएको आरोप लगाएका छन् ।

    त्यसमाथि कम्युनिस्ट नेता प्रधानमन्त्री भएकाले पनि बाबुरामले प्रचण्डको विरोध गरेका हुन् । प्रचण्ड राजनीतिमा आएपछि पहिलोपटक पशुपतिनाथको दर्शन गरेको बताइएको छ ।

    जबकि माओवादी युद्धकालमा देशका मठमन्दिर भत्काउने, पुजारी र ब्राह्मणको हत्या गरिन्थ्यो । धेरैले प्रचण्डले पशुपतिनाथको दर्शन गरेपछि अब देशमा हिन्दु राष्ट्रको माहोल बनेको चर्चा गरेका छन् ।

    खासगरी प्रचण्डको यो कदमबाट राजावादी हौसिएका छन् । अब प्रचण्डले ढिलो नगरी संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा उठाउनुपर्ने उनीहरूको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend