काठमाडौँ- सर्जक बादल घिमिरेले ‘रिलेशनमा छौ की ?’ बोलको गीत सार्वजनिक गरेका छन् । बुधवार बेलुका सार्वजनिक लोक आधुनिक शैलीको यो गीतमा गायक शिव परियार र गायिका अनु चौधरीको स्वर छ ।
बसन्त सापकोटाको संगीत रहेको गीतका संगीत संयोजक कृष्ण बि.क हुन् । भिडिओमा बादल मोडल मिस पविसँग प्रस्तुत छन् । फोहोर संकलन गर्ने युवक र ठेलामा व्यापार गर्ने युवतीबीचको मायाप्रेमलाई भिडिओको कथा बनाइएको छ ।
भिडिओमा मिस पवि ठेलामा तरकारी बेच्ने युवतीको भूमिकामा छिन् । राजीव समरको निर्देशन रहेको भिडिओलाई उत्सव दाहालले छायांकन, दिपक विष्टले सम्पादन गरेका हुन् । ‘बादल घिमिरे’ युट्युब च्यानलमार्फत भिडिओ सार्वजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।