शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

भैंसी शब्दलाई लिएर सांसद र सभामुखबीच सवालजवाफ

भैंसी शब्दलाई लिएर सांसद र सभामुखबीच सवालजवाफ

  • मिडिया डबली
  • सोमवार, जेठ २२ २०८०

  • 1.6K
    SHARES

  • भैंसी शब्दलाई लिएर सांसद र सभामुखबीच सवालजवाफ

    काठमाडौं - प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच होहल्ला भएको छ ।

    रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हवाईजहाज चढेर पोखरा विमानस्थल ओर्लनु भयो होला भनेको त भैंसी चढेर आएको देखियो भनेपछि सत्ता र प्रतिपक्षका सांसदबीच होहल्ला भएको हो ।

    बैठकको सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढेको देखाएको बताएका थिए।

    रास्वपा सांसद खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए। त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले होहल्ला गरेका थिए।

    विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।

    तर, रास्वपा सभापति रवि लामिछानेले प्रतिपक्षी सांसदले सदनमा बोलेको कुरा संसदको रेकर्डबाट हटाउन दिएको निर्देशनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नै बोलेको कुरा सदनको रेकर्डबाट हटाउनुपर्ने भन्दै सदनमा यो के मजाक हो भनेर प्रश्न सोधेका थिए ।

    उनले सदन सत्ताको होइन, प्रतिपक्षीको हो भन्दै जंगिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २२ २०८००३:५६:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend