काठमाडौँ- प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर प्रतिनिधिसभाको बैठकमा बबण्डर भएको छ।
जेठ १७ देखि २१ गतेसम्मको चार दिने भ्रमणलाई लिएर प्रचण्ड प्रतिपक्षी दलको घेराबन्दीमा परेका छन्। सोमबारको संसद् बैठकमा पनि प्रधानमन्त्रीको भ्रमणलाई लिएर प्रतिपक्षीहरुले प्रश्न उठाइरहेका छन्।
प्रधानमन्त्रीले भारत भ्रमणबारे जवाफ दिइसेकपछि प्रश्नोत्तर सेसनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आएको भनेपछि माओवादी सांसद्हरु रिसाएका हुन्।
माओवादी प्रमुख सचेत हितराज पाण्डेले सांसद खनालको भनाइमा नियमापत्ति जनाउँदै यो शब्द अमर्यादित भएको बताए। उनले प्रधानमन्त्री भैंसी चढेर आएको शब्द संसदको मर्यादाविपरीत हुने भन्दै त्यसलाई रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेसँग आग्रह गरे। त्यसअघि खनालले नयाँ हवाई रुट खुलाएर प्रधानमन्त्री जहाज चढेर आउलान् भनेको भैंसी पो चढेर आए भनेका थिए।
उक्त शब्दलाई लिएर माओवादी सांसदहरुको आपत्तिपछि सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्। तर त्यसलाई लिएर एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले आपत्ति प्रकट गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।