काठमाडौं- नेपाल र भारतबीच सातवटा सम्झौता भएको छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार हैदरावाद हाउसमा भएको द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा आठवटा मुख्य सातवटा सम्झौता भएको उल्लेख छ ।
जसमा नेपाल भारत पारवहन सम्झौता नवीकरण, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषमा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने, डिजिटल पेमेन्ट सम्झौता र नेपालमा रासायनिक मल कारखाना खोल्ने छन् ।
भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४ मा आफू पहिलोपटक भारतको प्रधानमन्त्री भएपछि त्यसयता नेपाल–भारतको द्विपक्षीय सम्बन्धमा धेरै सुधार भएको बताए ।
पत्रकार सम्मेलनमा उनले आफू प्रधानमन्त्री बनेपछि सबैभन्दा पहिले नेपालको भ्रमण गरेको सम्झँदै नाका अवरोध नहोस् भनेर काम गरेको बताए।
उनले योबीचमा पाइपलाइनमार्फत डिजेल निर्यात, नेपालबाट भारतमा बिजुली निर्यातको सुविधाका लागि सहजीकरण गरिएको भनाइ उनले राखे।
१० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली खरिद गर्ने मोदीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले आफूलाई भारत भ्रमणमा बोलाएकोमा मोदीलाई धन्यवाद दिए ।
उनले चाँडै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने अपेक्षा व्यक्त गरे ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।