शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

परराष्ट्रमन्त्री र परराष्ट्र सचिवलाई बाइपास गर्दै गंगा प्रधानमन्त्रीको भेटवार्तामा बसेपछि आक्रोश

परराष्ट्रमन्त्री र परराष्ट्र सचिवलाई बाइपास गर्दै गंगा प्रधानमन्त्रीको भेटवार्तामा बसेपछि आक्रोश

  • मिडिया डबली
  • बिहिवार, जेठ १८ २०८०

  • 4.2K
    SHARES

  • परराष्ट्रमन्त्री र परराष्ट्र सचिवलाई बाइपास गर्दै गंगा प्रधानमन्त्रीको भेटवार्तामा बसेपछि आक्रोश

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी कान्छी छोरी हुन् गंगा दाहाल । उनी प्रधानमन्त्रीको स्वकीय सचिव मात्र हुन् ।

    कुनै जनप्रतिनिधि होइनन् । तर प्रधानमन्त्री र भारतीय पक्षको भेटवार्तामा स्वकीय सचिवको हैसियतमा रहेकी गंगा बसेपछि दिल्लीमा मात्र होइन, नेपालमा पनि त्यसले संशय ल्याएको छ ।

    बुधबार चार दिन भारत भ्रमणमा नयाँ दिल्ली पुगेका प्रचण्डसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनयमोहन क्वात्रा साँझमा भेटवार्ता गर्न होटल मौर्य पुगेका थिए । प्रधानमन्त्री तहमा भेटवार्ता हुनुअघि दुई देशका एजेन्डा तय गर्न अनौपचारिक छलफल हुने गर्छ ।

    भ्रमणमा रहेका देशका सरकार प्रमुखले आफ्ना एजेन्डा यो यो हुनेछ भनेर आतिथ्यता मुलुकलाई जानकारी गराउने प्रचलन छ । सोहीअनुसार डोभाल र क्वात्रा प्रचण्डलाई भेट्न गएका थिए ।

    तर प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव भरतराज पौडेललाई बाइपास गर्दै छोरी गंगालाई भेटवार्तामा सरिक गराएपछि स्थिति अन्योल बनेको बताइन्छ ।

    प्रधानमन्त्रीको स्वकीय सचिवको हैसियतमा रहेकी गंगालाई उच्चस्तरको भेटवार्तामा सरिक गराइएपछि डोभाल र क्वात्राले खुलेर कुराकानी गर्न नसकेको नयाँ दिल्लीमा रहेका एक पत्रकारले जानकारी दिए ।

    यदि प्रधानमन्त्रीको भ्रमण दलमा रहेका परराष्ट्रमन्त्री साउद वा परराष्ट्र सचिवलाई मात्र भेटवार्तामा सरिक गराएको भए भारतीय पक्षले खुलेर आफ्नो कुरा राख्ने वातावरण हुन्थ्यो ।

    तर प्रधानमन्त्री प्रचण्ड यसमा अनुदार देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज औपचारिक भेटवार्ता हुँदैछ । बुधबार साँझ नै वातावरण धमिलिएकाले आज प्रचण्डको भेटवार्ता औपचारिक मात्र हुने बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend