शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

पाँच महिनापछि प्रचण्ड पहिलोपटक विदेश यात्रामा, भारततर्फ प्रस्थान

पाँच महिनापछि प्रचण्ड पहिलोपटक विदेश यात्रामा, भारततर्फ प्रस्थान

  • मिडिया डबली
  • बुधवार, जेठ १७ २०८०

  • 3.6K
    SHARES

  • पाँच महिनापछि प्रचण्ड पहिलोपटक विदेश यात्रामा, भारततर्फ प्रस्थान

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् ।

    ४९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्रीलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालगायत मन्त्रिपरिषद्का मन्त्रीहरूले बिदाइ गरेका थिए ।

    प्रचण्डले बिहीबार हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम तय छ । प्रधानमन्त्री प्रचण्ड वैदेशिक भ्रमणमा गएपछि उपप्रधानमन्त्री पूर्णबहादुर खड्का कार्यबाहक प्रधानमन्त्री बनेका छन् ।

    प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालगायत ६ मन्त्री सहभागी छन् । तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा निस्केका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend