काठमाडौँ- शनिबार बिहान पौने ९ बजे देखि सुरु भएको तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।
पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल केन्द्रीत रहेको बताइएको छ। यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको बताइएको हो ।
एमालेका सचेतक पदम गिरीले सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको बताएका छन्।
बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए ।
प्रधानमन्त्री प्रचण्डले आजै संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको जानकारी दिएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।