शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

गगन थापाले संसदमा भने– शरणार्थी प्रकरणमा घर वा बार्दली जहाँका व्यक्ति परे पनि कारबाही हुनुपर्छ

गगन थापाले संसदमा भने– शरणार्थी प्रकरणमा घर वा बार्दली जहाँका व्यक्ति परे पनि कारबाही हुनुपर्छ

  • मिडिया डबली
  • बुधवार, जेठ १० २०८०

  • 1.7K
    SHARES

  • गगन थापाले संसदमा भने– शरणार्थी प्रकरणमा घर वा बार्दली जहाँका व्यक्ति परे पनि कारबाही हुनुपर्छ

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानलाई जनताले सूक्ष्म ढंगले हेरिरहेको बताएका छन् ।

    उनले को को परे भन्दा पनि कसरी अनुसन्धान भइरहेको छ भन्ने जनताले हेरिरहेको उनको भनाइ छ । देशको इज्जत र प्रतिष्ठासँग जोडिएको यो प्रकरणमा ठूल्ठूला नेता पनि मुछिएको भन्दै आरोप पुष्टि भए सजाय पाउनै पर्ने उनको भनाइ छ ।

    बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद थापाले सरकारपछि न्यायालयको पनि अग्निपरीक्षा हुने बताए ।

    ‘यो प्रकरणमा जो जो मान्छे जोडिएर आएका छन्, यसले लाज पनि लजाउने अवस्था आएको छ । सलामी गर्ने र सलाम गर्ने दुवै मुछिएका छन् ।

    तपाई हामीले दैनिक देखिरहेका मानिस मुछिएका छन् । त्यसैले घर, बार्दली, नातागोता जो जो परे पनि सरकारले कारबाही गर्नुपर्छ । मैले अनुसन्धान राम्ररी गरिनँ भनेर सरकारले धर पाउँदैन,’ थापाले भने ।

    न्यायालयले पनि कसरी यो प्रकरणलाई हेर्छ भन्ने जनताले हेरिरहेको उनको भनाइ छ । जो जो यसमा संलग्न छन् ती सबैमाथि कारबाही गर्नैपर्ने र सजायको भागीदार हुनैपर्ने उनले बताए ।

    थापाले अर्को वर्षदेखि नीति तथा कार्यक्रम अहिलेकै ढर्रामा आए कुनै पनि सांसदले छलफलमा भागै नलिए हुने उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend