शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
नक्कली भुटानी शरणार्थी प्रकरण

केपी ओली भ्रष्ट गिरोहको भ्युटावर

केपी ओली भ्रष्ट गिरोहको भ्युटावर

  • मिडिया डबली
  • बुधवार, जेठ १० २०८०

  • 3.1K
    SHARES

  • केपी ओली भ्रष्ट गिरोहको भ्युटावर

    काठमाडौं -  नक्कली शरणार्थी प्रकरणले नेपालको राजनीतिमा ठूलै भुइँचालो ल्याउने देखिएको छ । अहिलेसम्म १६ जना पक्राउ परेका छन् ।

    पक्राउ परेकाको नाममा भटाभट बयान मिडियामा आएका छन् । जबकि अहिलेसम्म आरोपीहरूविरुद्ध अदालतमा मुद्दा नै दर्ता गरिएको छैन ।

    मुद्दा दर्ता नहुँदै ठगीकाण्डमा दिनहुँ नयाँ नाम पोलिँदै आएको छ । पछिल्लो समय गिरोहका सानु भण्डारी र केशव दुलालको बयानले सबैको निद हराम भएको छ । यस्तै, टोपबहादुर रायमाझीले रामबहादुर थापा बादलको पनि नाम लिएका छन् ।

    गिरोहका सदस्य भण्डारीले बादलकी श्रीमती नैनकला थापाको नाम लिएकी छन् । केशव दुलालले त अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको गाडीमा एक करोड हालेको बयान दिएका छन् ।

    तर पनि अहिलेसम्म राईले आफूमाथि लागेका आरोपबारे मुख खोलेका छैनन् । अख्तियार अर्धन्यायिक निकाय पनि हो । संवैधानिक अंगका प्रमुखमाथि ठगी आरोप लाग्दासमेत उनले उच्च नैतिक चरित्र देखाउन सकेका छैनन् ।

    गिरोहका सदस्यले एमाले अध्यक्ष केपी ओलीका सचिवालयका राजेश बज्राचार्य, डा.अजयक्रान्ति शाक्यगलगायतको नाम लिएका छन् ।

    ओलीकी श्रीमती राधिका शाक्य संरक्षक रहेको मानव सेवा आश्रमलाई दुई करोड बुझाएको उल्लेख छ । यो प्रकरणमा इन्द्रजित राईका छोरा निरज राई र बादलका छोरा प्रतीक राईविरुद्ध पक्राउ पुर्जी जारी भए पनि दुवै फरार छन् ।

    राई अमेरिका र थापा हङकङ पुगेको बताइन्छ । यी सबै नाम सर्सती हेर्दा एमाले अध्यक्ष ओली निकट व्यक्तिहरू हुन् । ओलीले शरणार्थी प्रकरणमा एमाले मात्र टार्गेट गरिएको र फसाउन खोजिएको भन्दै प्रतिवाद गर्दै आएका छन् ।

    मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा ओलीले एमालेले भ्रष्टाचार गर्नै नसक्ने बताए । उनले अरु दललाई दोष थुपार्दै एमालेलाई चोख्याउने प्रयास गरेका थिए ।

    उनले आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र दुई दुईपटक प्रधानमन्त्री भइसकेकाले आफूविरुद्ध पनि छानबिन गर्न चुनौती दिए । तर उनले त्यसो भन्दै गर्दा ओली गिरोहका सदस्यलाई दायाँबायाँ राखेर बसेको देखिन्छ ।

    विगतमा पनि उनले ठूल्ठूला भ्रष्टाचार काण्डका नाइकेलाई संरक्षण गर्दै आएका थिए । अहिले पनि उनी भ्रष्टहरूलाई बचाउन उद्यत भएको देखिन्छ । त्यसैले अहिले उनलाई भ्रष्ट गिरोहका भ्युटावर भन्ने गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend