काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी एवं नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण समेबार बिहान टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन् ।
यसअघि आफूमाथि पनि प्रहरीले अनुसन्धान गर्न सक्ने डरले मञ्जु सम्पर्कविहीन थिइन् । उनी ११ दिनपछि संसद् बैठकमा उपस्थित भएकी इिन् ।
शरणार्थी प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुगेपछि मञ्जु श्रीमान् भेट्न प्रहरी कार्यालय पुगेकी हुन् । पूर्वगृहमन्त्री खाँणलाई हिरासतमा नराखी डिएसपीको कार्यकक्षमा राखिएको छ ।
प्रहरीले सोमबार अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । पक्राउ १६ र फरार १६ गरी ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।