शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

अस्ट्रेलिया पुगेको भनिएकी कांग्रेस सांसद मञ्जु खाँण संसद् बैठकमा सहभागी

अस्ट्रेलिया पुगेको भनिएकी कांग्रेस सांसद मञ्जु खाँण संसद् बैठकमा सहभागी

  • मिडिया डबली
  • शुक्रवार, जेठ ५ २०८०

  • 4.0K
    SHARES

  • अस्ट्रेलिया पुगेको भनिएकी कांग्रेस सांसद मञ्जु खाँण संसद् बैठकमा सहभागी

    काठमाडौं - नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद् बैठकमा उपस्थित भएकी छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम वाचन गरेको संघीय संसदको संयुक्त बैठकमा खाँण सहभागी भएकी हुन् । नक्कली शरणार्थी प्रकरणमा पति बालकृष्ण खाँण पक्राउ परेलगत्तै मञ्जु सम्पर्कविहीन भएकी थिइन् ।

    गिरोहका सदस्यले मञ्जु खाँणलाई ६ करोड दिएको बयान दिएपछि मञ्जु पनि नक्कली शरणार्थी काण्डमा मुछिएकी थिइन् । यद्यपि प्रहरीले उनीविरुद्ध ठोस प्रमाण फेला पारिसकेको छैन ।

    संसद् बैठकमा लगातार १० दिन गयल भएमा सांसद पद स्वतः खारेज हुने भएकाले पनि मञ्जु आजको बैठकमा उपस्थित भएकी हुन् । यसअघिको तीनवटा बैठकमा उनी उपस्थित थिइनन् ।

    मञ्जु भारतको बाटो हुँदै अस्ट्रेलिया पुगेको अनुमान गरिएको थियो । तर उनी तराईका जिल्लामा केही दिन बसेर काठमाडौं फर्केकी छन् ।

    कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मञ्जु खाँणलाई पार्टीले फ्लो नगरेको जानकारी दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ ८ २०८०१२:२०:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend