शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
नक्कली भुटानी शरणार्थी प्रकरण

शरणार्थी प्रकरणबारे जेठ ४ मा संसदमा प्रमाणसहित बोल्छु भनेका ओली किन डराए ?

शरणार्थी प्रकरणबारे जेठ ४ मा संसदमा प्रमाणसहित बोल्छु भनेका ओली किन डराए ?

  • मिडिया डबली
  • बिहिवार, जेठ ४ २०८०

  • 3.6K
    SHARES

  • शरणार्थी प्रकरणबारे जेठ ४ मा संसदमा प्रमाणसहित बोल्छु भनेका ओली किन डराए ?
    फाइल तस्बिर

    काठमाडौं - भुटानी शरणार्थी प्रकरणबारे एमाले अध्यक्ष केपी ओलीले जेठ ४ गते प्रतिनिधिसभामा तथ्य खोल्ने घोषणा गरेका थिए ।

    २८ वैशाखमा पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै ओलीले शरणार्थी प्रकरणमा संलग्नहरूको तथ्य प्रस्तुत गर्ने बताएका थिए ।

    नेपाली कांग्रेस, एमालेका प्रभावशाली नेताको नाम क्रमशः जोडिन थालेपछि ओलीले यसमा संलग्न सबैको नाम प्रमाणसहित बोल्ने घोषणा गरेपछि चौतर्फी चासो उत्पन्न भएको थियो । आमजनता जेठ ४ को संसद् बैठक कुरेर बसेका थिए ।

    तर बिहीबार ओलीले गर्ने सम्बोधन रोकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सांसदहरूको प्रश्नोत्तर तय भएको छ ।

    १८ जना सांसदले प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यसूची छ । सोही कारण ओलीको सम्बोधन स्थगित भएको बुझिएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले पनि प्रधानमन्त्रीको प्रश्नोत्तरका कारण स्थगित भएको जानकारी दिएका छन् ।

    ‘प्रधानमन्त्रीको प्रश्नोत्तरको दिन अन्य समय नराख्ने भन्ने अभ्यास रहेछ । त्यसैले अध्यक्ष केपी ओलीको सम्बोधन बिहीबार नहुने भयो,’ उनले भने ।

    शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीसहित उनका छोरा सन्दीप, उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, डा.अजयक्रान्ति शाक्यसहित राधा शाक्य संरक्षक रहेको मानव सेवा आश्रम पनि जोडिएपछि ओली चिन्तामा परेका छन् । बिचौलियाहरूले ओली निकट व्यक्तिहरूको नामसमेत पोलेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend