काठमाडौं - प्रतिनिधिसभा बैठकमा प्रमुख तीन दलका शीर्ष नेताको निरन्तरको भेटवार्तालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् ।
देशमा कुनै दैवी वा प्राकृतिक विपत्ति वा अन्य ठूला घटना भएको जस्तो गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेट भइरहेकोमा सांसदहज्ञले आपत्ति जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, जसपा सांसद राजकिशोर यादवले प्रचण्ड, देउवा र ओलीको भेटवार्ताले आमजनमानसमा शंका उत्पन्न गराएको बताए ।
उनीहरूले देशमा हाल चर्चामा रहेको नक्कली शरणार्थी प्रकरणलाई सामसुम पार्न शीर्ष नेताहरूबीच दिनहुँ भेटवार्ता हुने गरेको उनीहरूको भनाइ छ ।
जनतामा आशंका उब्जने खालका गतिविधि नगर्न उनीहरूले चेतावनी पनि दिए । प्रधानमन्त्री प्रचण्डको आह्वानमा केही दिनदेखि देउवा र ओलीसहितको बैठक बसिरहेको छ ।
तीनै शीर्ष नेताले भेटवार्तामा संसद् चलाउन र संसदीय समिति गठनका लागि छलफल हुने गरेको बताउँदै आएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।