काठमाडौं - कलिला बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राईविरुद्ध आइतबार मुद्दा दर्ता गरिने भएको छ ।
खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसनका संस्थापक रहेका उनीमाथि एकजना १६ वर्षीया बालिकाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो ।
शनिबार बिदा भएकाले आज राईविरुद्ध अदालतमा मुद्दा दर्ताका साथै म्याद थपको अनुमति लिइने खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् ।
उजुरी दिने बालिकाले शुभम फाउन्डेसनमा सात वर्ष बस्दा मदन राईले पटकपटक शरीरमा हात हालेको, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने गरेको, आफ्नो गुप्तांग देखाएर छुन लगाएकोलगायत आरोप लगाएकी छन् ।
यस्तै, ललितपुरमा रहेको घरमा कृषि सिकाइ गर्न आएका बालिकालाई राईले यौन दूराचार गरेको समाचार सार्वजनिक भइसकेको छ ।
विगतमा जसपामा आबद्ध भएका राईलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कृषि विज्ञ भनेर केन्द्रीय सदस्य बनाएको थियो । तर भदौदेखि राईसँग सम्पर्क नभएको रास्वपाले दाबी गरेको छ । यद्यपि अहिले पनि राई रास्वपामै रहेको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।