शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

संघीयताको विरोध गर्ने गोकुल, महेशलाई ओलीको चेतावनी

संघीयताको विरोध गर्ने गोकुल, महेशलाई ओलीको चेतावनी

  • मिडिया डबली
  • आइतवार, बैशाख ३१ २०८०

  • 4.3K
    SHARES

  • संघीयताको विरोध गर्ने गोकुल, महेशलाई ओलीको चेतावनी

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेमा सुषुप्त रूपमा प्रादेशिक संरचना खारेज गर्नुपर्ने माग उठ्दै आएको छ ।

    पार्टीका फोरममा कुरा नउठे पनि व्यक्तिगत रूपमा नेताहरूले संघीयता खारेज गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । संघ र स्थानीय तहलाई राखेर प्रादेशिक संरचना खारेज गर्न पुनरावलोकन गर्नुपर्ने माग एमालेको हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा आधा दर्जन नेताहरूले राखेका थिए ।

    गोकुल बाँस्कोटा, महेश बस्नेत, देवी ज्ञवाली, निरुदेवी पाल, ऐन महरलगायतका नेताहरूले प्रदेशको खारेजी, समानुपातिक निर्वाचन प्रणालीको खारेजी र प्रत्यक्ष कार्यकारी सरकार प्रमुखको पक्षमा सुझाव राखेका थिए ।

    समूहगत चरणको छलफलमा उनीहरूले राखेका कुरालाई मिडियाले प्रमुख स्थान दिएपछि एमालेमा भुइँचालो नै गयो । त्यसपछि हतार हतार एमालेले आफ्नो पार्टी संघीयताविरोधी नभएको प्रस्टीकरण दिने अवस्थामा पुग्यो ।

    एमाले अध्यक्ष केपी ओलीले त प्रदेश संरचनाको सुधार वा खारेजका विषयमा केही केन्द्रीय सदस्यले दिएका सुझावलाई खारेज नै गरेका छन् ।

    संघीय लोकतान्त्रिक गणतन्त्रको सर्जक र अगुवा पार्टीको जिम्मेवारीलाई भुलेर कतिपय केन्द्रीय सदस्यले बैठकमा एजेन्डाकै रूपमा छलफल भएजसरी प्रचार गरेकोमा गम्भीर असन्तुष्टि प्रकट गर्दै ओलीले त्यस्ता सुझावलाई खारेज गरेका हुन् ।

    उनले पार्टीको आधिकारिक निर्णय र निर्देशन बोकेर हिँड्नसमेत केन्द्रीय सदस्यहरूलाई चेतावनी दिएका छन् । ‘संघीयतामा सुधार आवश्यक छ, एमालेले संघीयतामा विकल्प खोज्दै छ भनेर बजारमा चलेको हल्लालाई अध्यक्षले सम्पूर्ण रूपमा खारेज गर्नुभएको छ ।

    संघीयताको एजेन्डा छलफलको विषय थिएन । कहीँकतै छलफल पनि भएको छैन,’ ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘कुनै साथीहरूले व्यक्तिगत ढंगले, दुई–तीनजना उभिँदा, समूहमा कुरा गर्दा पार्टीकै आधिकारिक निर्णय भएजसरी जुन ढंगले प्रचार गरिएको छ, त्यो गलत छ । अध्यक्ष कमरेडले त्यसको आलोचना गर्नुभएको छ । यो पार्टीको विधिका हिसाबले पनि गलत छ र पार्टीको मान्यताका हिसाबले पनि गलत छ ।’

    संघीयताको विरोधमा बोल्ने नेताहरू सबै ओली निकट नै हुन् । त्यसैले उनीहरूले दिएका सुझाव र अभिव्यक्ति ओलीकै भएको धेरैलाई परेको थियो । र, मिडियामा पनि सोही किसिमले समाचार आयो ।

    तर आफैंले ल्याएको संघीयता खारेजको माग उठ्न थालेपछि ओली औधि रिसाएका छन् । ओलीले संघीयता खारेजको माग र पुनरावलोकन नै खारेज भएको घोषणा गरेपछि गोकुल, महेश बस्नेतहरू मरिच चाउरिएझैं भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend