शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीतिरै अनुसन्धानको ‘तिर’, चार सय नक्कली शरणार्थी अमेरिका छिरेको कसरी थाहा पाए ?

ओलीतिरै अनुसन्धानको ‘तिर’, चार सय नक्कली शरणार्थी अमेरिका छिरेको कसरी थाहा पाए ?

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २९ २०८०

  • 4.4K
    SHARES

  • ओलीतिरै अनुसन्धानको ‘तिर’, चार सय नक्कली शरणार्थी अमेरिका छिरेको कसरी थाहा पाए ?
    फाइल तस्बिर

    काठमाडौं - नक्कली शरणार्थी प्रकरण सार्वजनिक भएदेखि एमाले अध्यक्ष केपी ओली बेचैन छन् ।

    उनले हरेक दिन केही न केही अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई समेत निरन्तर भेटिरहेका छन् ।

    पार्टीका प्रभावशाली नेता बालकृष्ण खाँण समातिएकाले नेपाली कांग्रेसलाई धेरै चिन्ता हुनुपर्ने हो । तर कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेसम्म मुख खोलेका छैनन् ।

    बिहीबार राति बसेको पदाधिकारी बैठकमा महामन्त्री गगन थापाले एमाले अध्यक्ष ओलीले बोल्ने बताएकाले सभापति देउवालाई पनि केही बोल्न आग्रह गरेका थिए ।

    तर पनि देउवाले कुनै कुरा बोल्न मानिरहेका छैनन् । ओलीले भने जेठ ४ गते प्रतिनिधिसभामा डाटासहित बोल्छु भनेर घोषणा गरेका छन् ।

    पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि र अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई पनि अनुसन्धानको घेरामा परेपछि ओलीको सात्तो गएको देखिएको छ ।

    त्यस्तै, आफू प्रधानमन्त्री हुँदा गृहमन्त्री रामबहादुर थापा बादलकै योजनामा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान समिति गठन गरेको र त्यहीबेला इन्द्रजित राईले पैसा उठाएको रहस्य खुलेपछि ओली अहिले बर्बराउन थालेका छन् ।

    ओलीले कांग्रेस नेतृत्वको सरकार बनेपछि पैसा उठाउन थालिएको बताएका छन् । जबकि गिरोहका सदस्यले ओलीको सचिवालयमा रहेका सदस्यलाई पनि पैसा बुझाएको सार्वजनिक हुनु र ओलीले चार सयभन्दा बढी नक्कली भुटानी शरणार्थी अमेरिका गइसकेको बताउनुले यो घटनामा उनी पनि मुछिन सक्ने आकलन गरिएको छ ।

    नत्र गृह प्रशासनलाई थाहा नभएको चार सय नक्कली शरणार्थी अमेरिका उडिसकेको ओलीले कसरी थाहा पाए ? आफू प्रधानमन्त्री हुँदा ओलीले किन त्यसबारे बोलेनन् ? गृहको समिति गठन र त्यसले तयार पारेको प्रतिवेदन सम्बन्धमा अख्तियारमा उजुरी पर्दा अख्तियारले किन तामेलीमा राख्यो ? भन्ने प्रश्न उब्जेको छ । अब नक्कली शरणार्थी प्रकरणमा ओलीमाथि पनि प्रहरीले छानबिन गर्नुपर्ने आवाज उठेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend