काठमाडौं - वैवाहिक वर्षगाँठको सेलिब्रेसन नितान्त व्यक्तिगत मामिला हो ।
हरेक व्यक्तिको निजी लाइफ हुन्छ । त्यसबारेमा कसैले चासो राख्नु पनि हुन्न ।
तर सार्वजनिक व्यक्तिका प्राइभेट लाइफबारे भने धेरैको चासो हुने गर्छ । किनभने उनीहरू जनताको केन्द्रविन्दुमा रहने गर्छन् ।
कलाकार, नेता, पत्रकार, कानुन व्यवसायी सबै सार्वजनिक व्यक्ति हुन् । अझ कलाकार र नेता त सबैको चासोको केन्द्रविन्दुमा हुने गर्छन् ।
उनीहरूले के खान्छन् ? कहाँ जान्छन् ? कस्तो फेसन लगाउँछन् ? भन्नेमा धेरैले सोधीखोजी गर्ने गर्छन् । अझ जनताको करबाट तलबभत्ता बुझ्ने नेता र सरकारी कर्मचारीको प्राइभेट लाइफबारे त जनताले जान्न खोजिरहेका हुन्छन् ।
सरकारमा बसेका मन्त्री, प्रधानमन्त्रीको त प्राइभेट लाइफ नै हुँदैन । उनीहरूका स–साना कुराबारे जनताले चासो राख्छन् ।
यही क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको वैवाहिक वर्षगाँठको सेलिब्रेसनको तस्बिर सार्वजनिक भएको छ ।
रुटिन अफ नेपाल बन्द नामक फेसबुक पेजमा बिहीबार बिहान सार्वजनिक भएको तस्बिरमा विरामी भएर अचेत भएकी श्रीमती सीता दाहालसँग प्रधानमन्त्रीले केक काटेर सेलिब्रेसन गरेको देखिन्छ ।
दुईतिर रेनु दाहाल र गंगा दाहाल दुईवटी छोरी छन् । अगाडि टेबलमा केक राखिएको छ । प्रचण्डले अचेत श्रीमती सीतालाई समातेका छन् ।
उनी निकै भावुक देखिएका छन् । लामो समयदेखि विरामी रहँदै आएकी सीताको अवस्था निकै गम्भीर छ ।
उनलाई बालुवाटारको एउटा कोठामा परिवारका सदस्यले हेरचाह गरिरहेका हुन्छन् ।
प्रचण्ड भेटघाटपछि र सिंहदरबारबाट फर्केपछि सीतालाई भेट्न कोठामा पस्ने गर्छन् ।
कम्तीमा विरामी भएकी श्रीमतीसँग वैवाहिक वर्षगाँठको सेलिब्रेसन गरेको तस्बिर बाहिर सार्वजनिक नगरेको भए पनि हुन्थ्यो भन्ने प्रतिक्रिया आएका छन् ।
तर बालुवाटारले सीताको अवस्था अझै गम्भीर रहेको देखाउन पनि फोटो सार्वजनिक गरेको हुन सक्ने अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।