शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्डलाई धोका दिने बादल र टोपबहादुरलाई किन बचाउन खोज्दैछन् ओली ?

प्रचण्डलाई धोका दिने बादल र टोपबहादुरलाई किन बचाउन खोज्दैछन् ओली ?

  • मिडिया डबली
  • आइतवार, बैशाख २४ २०८०

  • 4.1K
    SHARES

  • प्रचण्डलाई धोका दिने बादल र टोपबहादुरलाई किन बचाउन खोज्दैछन् ओली ?

    काठमाडौं -  एमाले र माओवादी मिलेर बनेको नेकपामा केपी ओली निकै बलिया थिए ।

    आफूहरूले राखेको माग सम्बोधन नगरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाललगायत प्लेकार्ड बोकेर माइतीघर मण्डलाको सडकमा बसेका थिए ।

    तर, पूर्वमाओवादी नेताहरू रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत ओलीसँगै सरकारमा थिए । सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि बादल, रायमाझी, भट्टले प्रचण्डको साथ छाडे । ओलीसँगै एमालेमा गए ।

    अहिले तिनै पूर्वमाओवादी नेताहरू ठगीकाण्डमा मुछिएका छन् । र, तिनलाई बचाउनुपर्ने आपत ओलीलाई आइपरेको छ । नक्कली शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    उनी हाल फरार छन् । उनका छोरा पक्राउ परिसकेका छन् । टोपबहादुर एमालेका सचिव हुन् । एमालेकै उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा फरार छन् । उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

    बादलकै श्रीमती नैनकला थापा पनि यो प्रकरणमा मुछिएकी छन् । बादल र टोपबहादुर रायमाझी प्रचण्डकै कारण नेता बनेका हुन् । यो हैसियत बनाउन प्रचण्डको ठूलो हात छ ।

    बादल र टोपबहादुरले जति अवसर प्राप्त गरेका छन्, त्यो सबै माओवादी नेताको हैसियतमा हो । तर उनीहरूले तिनै प्रचण्डलाई धोका दिए । माओवादीमा बसेर सात पुस्तालाई पुग्ने कमाए ।

    जब माओवादीमा बसेर कुस्त कमाए, अनि ओत लाग्न एमालेमा प्रवेश गरे । बादल र टोपबहादुरले कसी पैसा कमाएका रहेछन् भन्ने नक्कली शरणार्थी प्रकरणले पनि पुष्टि गरेको छ ।

    बादल र टोपबहादुरले ओलीकै सरकारका पालामा ठगीधन्दा गरेको देखिएकाले पनि अहिले उनीहरूको बचाउँमा सिंगो एमाले लाग्नुपरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend