आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सिंहदरबारमा ओलीलाई देखेपछि मुसुक्क हाँसे प्रचण्ड

सिंहदरबारमा ओलीलाई देखेपछि मुसुक्क हाँसे प्रचण्ड

  • मिडिया डबली
  • बिहिवार, बैशाख २१ २०८०

  • 7.8K
    SHARES

  • सिंहदरबारमा ओलीलाई देखेपछि मुसुक्क हाँसे प्रचण्ड

    काठमाडौं - राजनीति भनेको जो सत्तामा बस्यो उही नै माथि पर्ने खेल हो । जम्मा ३२ सिट जितेको माओवादीले अहिले केन्द्रदेखि प्रदेशसम्म सरकार सञ्चालन गरिरहेको छ ।

    ८८ सिट भएको कांग्रेस र ७८ सिट भएको एमालेलाई बाइपास गर्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका छन् । जनमतका हिसाबले कांग्रेस र एमाले ठूलो भए पनि शक्ति प्रयोगका हिसाबले प्रचण्ड बलिया देखिएका छन् ।

    त्यसमाथि आफूलाई धोका दिएर एमाले गएका रामबहादुर थापा बादल र टोपबहादुर रायमाझी नक्कली शरणार्थी प्रकरणमा मुछिएपछि प्रचण्ड दंग परेका छन् । जुन बिहीबार दिउँसो सिंहदरबारमा एमाले अध्यक्ष ओलीसँगको भेटको तस्बिरले पनि देखाउँछ ।

    पार्टीका उपाध्यक्ष, सचिवसहितका नेता ठगीकाण्डमा मुछिएपछि बिहीबार ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए ।

    सार्वजनिक तस्बिरले ओली निकै गलेको र अनुहार मलिन देखिन्छ । तर प्रचण्ड भने दंग परेका छन् । ओलीसँग कुराकानी गर्दा प्रचण्डको मुहारमा हाँसो देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend