शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

पूर्व जाँदा आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको ओलीको रोदन

पूर्व जाँदा आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको ओलीको रोदन

  • मिडिया डबली
  • सोमवार, बैशाख १८ २०८०

  • 2.8K
    SHARES

  • पूर्व जाँदा आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको ओलीको रोदन

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली यसपटक निकै आक्रोशित देखिएका छन् । आफूलाई चतुर र लोकप्रिय नेता भएको दाबी गर्ने ओलीले यसपटक झापा, इलाम, तेह्रथुम, पाँचथर जाँदा निरन्तर आक्रमणको सामना गरेका छन् ।

    कोसी प्रदेशको नाम खारेज हुनु्पर्ने भन्दै पहिचानवादी दल र समूहका कार्यकर्ताले उनीमाथि आक्रमणको प्रयास गरेका हुन् । सोही कारण अहिले ओली क्रुद्ध देखिएका छन् ।

    उनले आफूमाथि सत्तारुढ दल, राजावादी तथा पहिचानवादी पक्षधरले ज्यान मार्नेसम्मको प्रयास गरेको गुनासो गरेका छन् । नेपालको पूर्व क्षेत्रको भ्रण्मा सकेर काठमाडौं आएका उनले ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आफूमाथि निरन्तर आक्रमणको प्रयास भएको गुनासो गरेका थिए ।

    पूर्वमा अध्यक्ष ओलीको बाटो छेक्नेदेखि कालो झण्डा देखाउने, ढुंगा प्रहारसम्म गरिएको थियो । आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकार आक्रमणकारीलाई पक्रेर केही गर्न असफल भएको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

    ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचथरमा आक्रमणको प्रयास गरेको दाबी गरेका थिए । ‘हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने ।

    त्यस प्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन,’ उनले भने ।

    पाँचथरमा ओलीविरुद्ध नाराबाजीसहित कालो झण्डा प्रदर्शन, इलाम प्रवेशमा रोक्ने प्रयास, इलाम नगरपालिका–१० गोदकमा रुख लडाएर बाटो अवरोध गरेका थिए । ‘त्यो म आफैँले देखेर, भोगेर आएको छु,’ उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend