शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

रवि मन्त्री बन्ने र रास्वपाले सरकारको समर्थन फिर्ता नलिने प्रचण्डको दाबी

रवि मन्त्री बन्ने र रास्वपाले सरकारको समर्थन फिर्ता नलिने प्रचण्डको दाबी

  • मिडिया डबली
  • सोमवार, बैशाख १८ २०८०

  • 2.1K
    SHARES

  • रवि मन्त्री बन्ने र रास्वपाले सरकारको समर्थन फिर्ता नलिने प्रचण्डको दाबी

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी आफ्नो नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता नलिने दाबी गरेका छन् ।

    रास्वपा सरकारमा सहभागी हुने भन्दै उनले रवि लामिछाने मन्त्री हुने बताएका छन् । प्रेस सेन्टर नेपाल चितवनले सोमबार आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा प्रचण्डले रास्वपा सरकारमा सहभागी हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिए ।

    ‘रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदैन । सो पार्टी पनि सरकारमा आउने कुरा चलिरहेको छ,’ उनले भने ।

    रास्वपाले पहिलाका मन्त्रालय माग्नु अस्वाभाविक नभएको जनाउँदै उनले रवि लामिछाने यसैमा अडिग छन् भन्ने आफूलाई नलागेको बताए । रास्वपालाई अहिले नै मन्त्रालय छाड्ने विषयमा आफूहरु नपुगेको उनले स्पष्ट पारे ।

    ‘रास्वपाका सभापति रविजीले पनि हामीलाई यही नै चाहिन्छ भन्नुभएको छैन । छलफलकै क्रममा भएकाले केही छैन,’ प्रचण्डले भने । आइतबारको भेटघाटमा रविले प्रधानमन्त्रीलाई पहिलेका आफ्ना मन्त्रालय के हुने भनेर चासो राखेको बुझिएको छ ।

    रवि लामिछाने नेतृत्वको रास्वपाले आज संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ । बैठकले रविलाई संसदीय दलको नेता चयन गर्ने भएको छ । यसलगत्तै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend