शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

सरकार अझै अपूर्ण, प्रचण्डमाथि लगातार कांग्रेस नेताहरूको क्षेप्यास्त्र

सरकार अझै अपूर्ण, प्रचण्डमाथि लगातार कांग्रेस नेताहरूको क्षेप्यास्त्र

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १५ २०८०

  • 2.6K
    SHARES

  • सरकार अझै अपूर्ण, प्रचण्डमाथि लगातार कांग्रेस नेताहरूको क्षेप्यास्त्र

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अझै सरकारलाई पूर्णता दिन सकेका छैनन् ।

    अझै पनि पाँच मन्त्रालय नेतृत्वविहीन छ । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी सहभागी छन् । तर कांग्रेस र जसपाले पाएको मन्त्रालयमा अझै मन्त्री पठाउन सकेका छैनन् ।

    जसपाले उपेन्द्र यादवका लागि भनेरै मन्त्रीमा अरुको नाम नपठाएको हो । तर कांग्रेसमा भने संस्थापन र इतर समूहको कलहका कारण मन्त्री बन्नेको टुंगो लागेको छैन ।

    कांग्रेस सभापति शेरबहादुर देउवाले इतर समूहलाई तीन मन्त्री र एक राज्यमन्त्री दिएका छन् । तर इतर समूहका नेता डा.शेखर कोइराला र गगन थापाले मन्त्रीको नाम अझै टुंगो लगाउन नसक्दा मन्त्रिपरिषद् अपूर्ण नै रहेको हो ।

    बरु इतर समूहका कांग्रेस नेताहरूले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीको विरोध गरेका छन् । सरकारले अयोग्य लडाकुलाई दुई दुई लाख दिने निर्णय गरेपछि इतर समूहका नेताहरूले प्रधानमन्त्रीको विरोध गरेका हुन् ।

    बिहीबार नेताहरू शेखर कोइराला र गगन थापाले तुरुन्त अयोग्य लडाकुलाई पैसा दिने निर्णय रोक्न माग गरेका थिए । शुक्रबार नेता प्रदीप पौडेलले सरकारको निर्णयको विरोध गरेका छन् ।

    उनले संसदलाई समेत जानकारी नगराई भित्रभित्रै अयोग्य लडाकुलाई सहायता रकम दिन लागिएकोमा आपत्ति जनाएका छन् ।

    उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत चैत ८ गते प्रधानमन्त्री स्वयंले अयोग्य लडाकुहरूलाई पैसा दिने निर्णय नभएको विषय सार्वजनिक भएको थियो ।

    तर, संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएको सुन्न आएको छ । यसले सरकारको काम कारवाही अत्यन्तै अपारदर्शी भएको र यो आर्थिक संकटको समयमा पनि सरकारले प्राथमिकता छनोट गर्न नसकेको भन्ने प्रष्ट देखाउँछ । एकातिर, केही सूचकाङ्कमा मौसमी सहजता देखिए पनि आर्थिक संकट सुधार आइनसकेको विज्ञहरूले बताइरहेका छन् ।

    अर्कोतिर, सरकारले वित्तीय व्यवस्थापन गर्न नसकेको, साधारण खर्च पनि धान्न नसकेर पेन्सन समेत दिन नसकेको विषय सार्वजनिक भइरहेका छन् ।

    यस्तो विषम परिस्थितिमा समेत अनावश्यक निर्णय गर्ने, जनताका आवश्यकता छुट्याउन नसक्ने र आर्थिक समस्या समाधान गर्न दीर्घकालीन योजना बनाउन नसक्नुले सरकारको अक्षमताका संकेत देखाउन थालिसकेको छ ।

    आमजनतामा बढेको निराशा र आक्रोशलाई संवेदनशील भएर गम्भीरताका साथ सम्बोधन गर्न सरकारलाई आग्रह गर्न चाहन्छु ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend