शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, प्रचण्ड सरकार ढल्छ ?

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, प्रचण्ड सरकार ढल्छ ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख १२ २०८०

  • 18.5K
    SHARES

  • रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने, प्रचण्ड सरकार ढल्छ ?

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

    रास्वपा सभापति रवि लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका हुन् ।

    उपनिर्वाचनमा चितवन–२ बाट उठेका लामिछानेले विजय सुनिश्चित भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी दिएका हुन् ।

    प्रचण्ड नेतृत्वको सरकारले विगतका कैयौं भ्रष्टाचारमा छानबिन गर्न चासो नदेखाएकाले आफूहरुले सरकारलाई समर्थन नगर्ने उनले बताए ।

    ‘भ्रष्टाचारविरुध्दको अभियानमा अडिग हुने सरकारमा मात्रै हाम्रो पार्टी सहभागी हुन्छ,’ उनले पत्रकारहरूसँग भने । दोहोरो नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि चितवन २ मा उपनिर्वाचन भएको हो ।

    मतपरिणामको पछिल्लो विवरणअनुसार उनी कांग्रेसका उम्मेदवारभन्दा झण्डै ३७ हजार बढी मतले अगाडि छन् । अब गन्न बाँकी मत १३ हजार मात्रै छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि प्रचण्ड सरकार तत्काल भने ढलिहाल्दैन ।

    प्रचण्डले फागुनमा संसदबाट विश्वासको मत लिँदा एक सय ७४ मत पाएका थिए । अब रास्वपाले समर्थन फिर्ता लिँदा एक सय ५५ मत कायमै हुन्छ । रविले उपनिर्वाचनपछि मात्रै सरकारमा जाने नजाने निर्णय गर्ने बताएका थिए ।

    आफू सांसद निर्वाचित हुने निश्चित भएपछि उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका हुन् । पार्टी बैठक बसेर औपचारिक निर्णय लिने तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend