शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

जनताले गरे ब्यालेट विद्रोह, अब ओलीले खोज्लान् मध्यावधि निर्वाचन ?

जनताले गरे ब्यालेट विद्रोह, अब ओलीले खोज्लान् मध्यावधि निर्वाचन ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख १२ २०८०

  • 4.7K
    SHARES

  • जनताले गरे ब्यालेट विद्रोह, अब ओलीले खोज्लान् मध्यावधि निर्वाचन ?

    काठमाडौं - मंसिरको निर्वाचन परिणाम आएलगत्तै एमाले अध्यक्ष केपी ओलीले जनमतप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

    पाँच महिनाअघि खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा सात र समानुपातिक १३ गरी २० सिट जितेको थियो । राप्रपाले प्रत्यक्षमा सात र समानुपातिकमा सात गरी १४ सिट जितेपछि ओली आक्रोशित हुँदै यो संसद्ले पूरा कार्यकाल नबिताउने दाबी गरेका थिए ।

    उनले बीचमै संकट आउने र देश मध्यावधि निर्वाचनको बाटोमा जाने घोषणा गरेका थिए । त्यही भएर एमालेले ग्रासरुट अभियान सञ्चालन गरेको थियो ।

    तर एमालेको दुई महिने ग्रासरुट अभियानले पार्टीको मत जोगाउन नसकेको तनहुँ र चितवनको उपनिर्वाचनले देखाइसकेको छ । त्यसैले अब केपी ओलीले मध्यावधि निर्वाचन खोज्लान् त भन्ने चासो बढेको छ ।

    वैशाख १० गते भएको उपनिर्वाचनअन्तर्गत तनहुँ १ को नतिजा आइसकेको छ । तनहुँमा कांग्रेसको गढ भत्काएर राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले विजयी भएका छन् ।

    उनी केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका थिए । बारा २ र चितवन २ मा मतगणना जारी छ । अहिलेसम्म बारा २ मा जसपाका उपेन्द्र यादव र चितवन २ मा रास्वपाका सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन् ।

    यादवले जित्ने अहिले नै अनुमान गर्न गाह्रो भए पनि रविको जित सुनिश्चित छ । उनले मंसिरको भन्दा पनि बढी मत ल्याएर चुनाव जित्ने देखिएको छ । चौतर्फी घेराबन्दीमा पार्दा पनि रविलाई चितवनका जनताले अपार माया गरेका छन् ।

    कांग्रेस र एमालेले पहिले पाएको जति मत पनि ल्याउन नसक्ने देखिइसकेको छ । उपनिर्वाचनले ब्यालेट विद्रोहको संकेत गरिसकेको छ । उपनिर्वाचनले कांग्रेस, एमाले, माओवादी जस्ता ठूला दलसँग रिसाएको प्रस्ट सन्देश दिएको छ ।

    स्थानीय तहको निर्वाचनमा सहरी क्षेत्रले दिएको सन्देश र मंसिरमा रास्वपालाई जिताएको विषयलाई गम्भीर ढंगले ठूला दलले विश्लेषण गर्न नसक्दा उपनिर्वाचनले खतराको घन्टी बजाएको हो ।

    यदि अहिले मध्यावधि निर्वाचन हुने हो भने सहरी क्षेत्रमा कांग्रेस र एमालेले आफ्ना सबै गढ गुमाउने निश्चित छ । उपनिर्वाचनले प्रतिनिधिसभाको पूरा कार्यकाल बित्ने देखिएको छ ।

    अब साढे चार वर्ष संसद् टिक्छ । तर सरकार भने भन्न सकिन्न । रास्वपाप्रति देखिएको जनआकर्षणले देशैभरि तरंग सिर्जना गरिदिएको छ । यदि रास्वपाले पनि जनताको अभिमतलाई नजरअन्दाज गरेमा फेरि पनि अर्को निर्णय गर्न जनता बाध्य हुने ठाउँ छँदैछ । किनभने २०६४ मा माओवादीलाई जनताले बहुमत दिएका थिए ।

    २०७४ मा वाम गठबन्धनलाई जनताले झन्डै दुई तिहाइ मत दिएका थिए । मंसिरको निर्वाचनमा भने जनताले गठबन्धन रुचाएको देखिएन ।

    अब पनि अर्को निर्वाचनमा कांग्रेस गठबन्धन गरेर निर्वाचनमा गएमा आफ्नो अस्तित्व जोगाउनसमेत असफल हुने विश्लेषण गर्न थालिएको छ । अहिले चितवन र तनहुँमा रास्वपाले पाएको अभिमत डढेलोसरी पहाडी र तराईका निर्वाचन क्षेत्रमा फैलिन समय लाग्ने देखिन्न । तर अर्को खतरा के छ भने रास्वपा रवि लामिछानेमा मात्र निर्भर छ ।

    केन्द्रित छ । उससँग पार्टी क्याडर छैनन् । संगठन छैन । संगठन नभए पनि कांग्रेस, एमाले, माओवादी सबैको मत उसले पाएको छ । तर त्यो सधैं टिकाउ भने हुन्न । अस्थिर हुन्छ ।

    त्यसैले रास्वपा अब कसरी अघि बढ्छ त्यसले पनि यो संसद् र सरकारको आयु निर्धारण हुन्छ । यदि रास्वपा पनि एमालेकै जस्तो मध्यावधिको बाटो रोज्यो भने ठूला दललाई निकै अप्ठेरो पर्ने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend