शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

ओलीले उपनिर्वाचन हुने तीनवटै जिल्लामा पाइलै टेकेनन्, किन ?

ओलीले उपनिर्वाचन हुने तीनवटै जिल्लामा पाइलै टेकेनन्, किन ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख ७ २०८०

  • 3.4K
    SHARES

  • ओलीले उपनिर्वाचन हुने तीनवटै जिल्लामा पाइलै टेकेनन्, किन ?
    फाइल तस्बिर

    काठमाडौं - यसपटकको उपनिर्वाचनलाई पाँच वर्षपछि हुने आमनिर्वाचनको रिहर्सलका रूपमा पनि हेरिएको छ । यो उपनिर्वाचनमा एउटा पक्षबारे सबैजना आश्चर्यमा परेका छन्, त्यो हो एमाले अध्यक्ष केपी ओली कतै सार्वजनिक रूपमा नदेखिनु ।

    पार्टी र भ्रातृसंगठनको भेला, गोष्ठीमा उपस्थित हुने ओलीको अनुहार उपचुनावमा कहीँकतै देखिएन । जबकि एमालेले बारा, चितवन र तनहुँ तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाएको छ । एमालेले बारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।

    मंसिरको निर्वाचनमा एमालेले ओलीलाई चुनावी कमान्डर बनाएको थियो । ओली एकै दिन हेलिकोप्टर लिएर तीनवटा जिल्लासम्म पुगे । प्रायः सबै ठूला सहरमा चुनावी सभालाई सम्बोधन गरे । तर एमालेले कास्कीबाहेक ठूला सहरमा कतै जितेन । एक वर्षअघि ओलीले स्थानीय तहको निर्वाचनमा पनि सबै ठूला सहरमा भाषण गरेका थिए ।

    एउटा पनि महानगरपालिका जित्न सकेन । ओली वान मेन शो थिए । एक्लै जान्थे । भाषण गर्थे फर्किन्थे । कसैलाई लैजाँदैनथे । तर यसपटक ओली बालकोटबाट बाहिर ननिस्किएपछि एमालेका पदाधिकारी ‘ग्रास रुट’ अभियानमै सीमित भए ।

    बरु एमालेले ‘ग्रास रुट’ अभियानलाई मध्यावधिको तयारी भन्दै प्रचार थालेको छ । जबकि यो उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप गरे वा बारामा जनमत पार्टीले जितेमा अर्को निर्वाचनमा ठूला दलको सान्दर्भिकता सकिने विश्लेषण हुन थालेको छ ।

    चैत २० गते उम्मेदवारी दर्ता भएलगत्तै सबै दलले चुनाव प्रचारप्रसार थालेका थिए । उम्मेदवारहरू घरघर पुगेर मत माग्न थालेका हुन् । तर यो १५ दिनको अवधिमा ओलीले तीनवटै जिल्लामा पाइलै टेकेनन् । आखीर किन त ? एमालेकै नेता कार्यकर्ता पनि आश्चर्यमा परेका छन् ।

    अहिले उनी बालकोटस्थित निवासमै आराम गरेर बसिरहेका छन् । पाँच दिनअघि झापा पुगेर फर्केका ओलीमा भाइरल ज्वरो देखिएपछि चिकित्सकले आराम गर्न सल्लाह दिएपछि ओलीको चितवन जाने कार्यक्रम रोकिएको थियो ।

    त्यसपछि उनले सामाजिक सञ्जालबाटै पार्टीका उम्मेदवारलाई भोट मागेका थिए । निर्वाचन आयोगले बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ । शुक्रबार बिहानदेखि ४८ घन्टे मौन अवधि सुरु हुनेछ ।

    सोही कारण बारा २, चितवन २ र तनहुँ १ मा उम्मेदवारी दिएका र समर्थन गरेका दलका नेताहरू अन्तिम प्रचारप्रसारमा सक्रिय भएर लागेका छन् । कांग्रेसका प्रायः सबै ठूला नेता अहिले चितवन र तनहुँमा केन्द्रित भएका छन् । तर एमालेका योगेश भट्टराई र गोकुल बास्कोटाबाहेक कोही नेता उपनिर्वाचन हुने जिल्लामा पुगेनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend