काठमाडौं- नेपाली कांग्रेसका नेता उदय शम्शेर जवराले काठमाडौं उपत्यकामा पछिल्ला दिनमा बढेको उच्च वायू प्रदुषणले श्वास फेर्नै गाह्रो भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले वायू प्रदुषण नियन्त्रणका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरे ।
‘काठमाडौं उपत्यकामा वायू प्रदुषण उच्च हुँदा श्वास फेर्न नै गाह्रो भइरहेको छ । प्रत्येक वर्ष यो मौसममा वायू प्रदुषण हुने गरेको छ,’ उनले भने, ‘एउटा त जंगलमा हुने डढेलोका कारण वायू प्रदुषण हुने गरेको छ भने अर्काे कुरा, काठमाडौंका सडक विस्तारका कामहरु सुस्त गतिमा हुँदा पनि धुलो उड्ने र त्यसले वायू प्रदुषण हुन्छ साथै पुराना सवारी साधन पनि अर्काे कारण हो । म सरकारलाई वायू प्रदुषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजनाहरु के छन्, सदनलाई जानकारी गराउन माग गर्दछु ।’
वायू प्रदुषणका कारण मानवस्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकहरुको भनाई छ । केहि दिनअघि काठमाडौं वायू प्रदुषण हुने शहरमध्ये विश्वकै पहिलो नम्बरमा थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।