शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

गगनले भने– गोविन्द भट्टराई मत दिनुस्, होइन भने पाप पाग्छ

गगनले भने– गोविन्द भट्टराई मत दिनुस्, होइन भने पाप पाग्छ

  • मिडिया डबली
  • मंगलवार, बैशाख ५ २०८०

  • 1.9K
    SHARES

  • गगनले भने– गोविन्द भट्टराई मत दिनुस्, होइन भने पाप पाग्छ

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तनहुँ–१ मा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई मत हाल्न आग्रह गरेका छन्। दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै थापाले भट्टराईलाई मत नदिए पाप लाग्ने बताए। 

    ‘ब्यासको यो पवित्र भूमिमा बीपी कोइरालाले बनाएको पार्टीसँग सम्बन्ध राख्ने मान्छेले यो पटकको निर्वाचनमा गोविन्द भट्टराईलाई छुटाउनु भयो भने, यसको रिसले, त्यसको रिसले म हाल्दैन भन्नुभयो भने, म नयाँ रोज्छु, यो रोज्छु, त्यो रोज्छु भन्नुभयो भने अन्यथा नलिनुहोला पाप लाग्छ। हरि छन् पाप लाग्,’ उनले भने।  उनले अरुको रिस भट्टराईसँग नपोख्न आग्रह गरे। पार्टी सभापति शेरबहादुर वा प्रधामन्त्री दाहालसँग रिस उठेको रिस भट्टराई माथि पोख्न नहुने उनको भनाइ थियो। 
    ‘शेरबहादुरसँग रिस उठेको छ? शेरबहादुरसँग रिस पोख्नुस् न। प्रचण्डसँग रिस उठेको छ? प्रचण्डसँग पोख्नुस् न। गोविन्दसँग किन पोख्नुहुन्छ? पुरानो पार्टी बदल्छु भन्ने गोविन्दसँग के को रिस?’ उनले भने। 

    थापाले चुनाव अघि ‘नो नट अगेन’ भनेको राष्ट्रिय स्वतन्त्र पार्टी आफूले चाहेको मन्त्रालय पाउँदा किन सरकारमा गएको भनेर प्रश्न समेत गरे। 
    ‘आफूले भनेको मन्त्रालय पाए नो नट अगेन हुँदैन? नो नट अगेन भन्ने साथीहरुले जुन सरकार बनोस् सरकार बाहिर रहन्छौ किन भनेनन्?’

    नयाँ दलले पुराना जति सबै फटाहा भनेर एउटै नजरबाट हेरेकोप्रति उनले आपत्ति जनाए । पार्टी र देश बदल्ने संकल्प गरेको सुनाउँदै थापाले भने,‘सुधार गर्नुपर्ने छ । पार्टी बदल्ने संकल्प छ । पार्टी र देश पनि बदल्छौं । थाकेका छैनौं ।’

    आगामी पाँच वर्ष खेर भयो भने अपूरणीय क्षति हुने थापाले टिप्पणी गरे । सुशासनका लागि निर्वाचन प्रणाली सबैभन्दा बाधक रहेको उनले सुनाए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend