काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन्।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डाः के र कसरी?’ कार्यक्रममा उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका हुन्। ‘पार्टीलाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन आत्मसमीक्षा, शुद्धिकरण, आत्मपरीक्षण र आत्मसम्मान जरुरी छ,’ उनले भने।
महामन्त्री थापाले पार्टीका भ्रातृ संस्था र विभागले चाँडै पूर्णता पाउने बताए। भ्रातृ तथा शुभेच्छुक संस्था र पार्टीबीच कस्तो सम्बन्ध रहन्छ भन्नेबारे नीति अधिवेशनमा छलफल गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसको अबको विचार, अबको बाटो, सङ्गठन सञ्चालनको अवस्थालगायतका बारेमा नीति अधिवेशनमा छलफल हुने बताए। पार्टीभित्र महाधिवेशनको समयमा नभइ अरु बेलामा क्रियाशील सदस्यता खुलाउने गरी तयारी भइरहेको उनको भनाइ थियो ।
महामन्त्री थापाले आठ लाख क्रियाशिल सदस्य भएको कांग्रेसभित्र सबै व्यक्तिलाई पद नहुँदा आक्रोश र कुण्ठा रहेको उल्लेख गर्दै उक्त आक्रोश र कुण्ठालाई सही ढङ्गले व्यवस्थापन हुनुपर्ने बताए। उनले सपना बोकेर हुर्किरहेको कोही पनि नागरिकले आफ्नो सपनालाई मारेर हिँड्नुपर्ने अवस्था आएकोप्रति सरकार र राजनीतिक दल गम्भीर बन्नुपर्ने बेला आएको उल्लेख गरे।
उनले नयाँ स्थापना भएका पार्टीभित्र नयाँ युवा आउनु र पुरानो पार्टीभित्र पुराना नेता हुनु स्वभाविक भएको जनाउँदै नयाँ र पुराना पुस्तालाई मिलाएर कांग्रेस अगाडि बढ्नुपर्ने धारणा राखे। लो अपेक्षा राखेको जनाउँदै उक्त अपेक्षालाई पूरा गर्न नेतृत्व लाग्नुपर्ने बताउनुभयो । कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र देखिएको गुट, उपगुटको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष आचार्यले पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनका लागि नीति अधिवेशन, महासमिति बैठक तत्काल बोलाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका उपाध्यक्ष डा विष्णुशङ्कर पौडेलले कांग्रेसले युवा महामन्त्रीसँग पार्टी रुपान्तरणको आश राखेको बताउनुभयो । उहाँले युवाले नयाँ एजेण्डा खोजेकाले त्यसलाई पूरा गर्न वर्तमान नेतृत्व लाग्नुपर्ने बताउनुभयो । सोही कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य, प्रदेश सदस्य, भ्रातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष एवं सदस्यको सहभागिता रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।